नेपाली प्रेरक भनाईहरु :

१. पानी परेको बेलामा अरु सबै चराले सुरक्षित वासस्थान खोज्छन् । तर, चिलले बादल माथि उडेर पानीको बेवास्ता गर्छ। परिस्थिति एकै हो , तर दृष्टिकोणले फरक पार्छ ।
२. सूर्य जस्तै चम्किन चाहन्छौ भने पहिले सूर्य जस्तै जल्ने हिम्मत गर ।
३. सफल भएका कथाहरु मात्र पढ्यौ भने तिमीले संदेश मात्र पाउँछौ । असफलताको कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्त्वपूर्ण पाठ थाहा पाउन सक्छौ ।
४. सगरमाथा चढ्न होस् अथवा आफ्नो करियरमा सफलता प्राप्त गर्न , तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ ।
५. आत्मविश्वास र मेहनत नै असफलताको औषधि हुन् ।
६. कुनै पनि धर्मले आफूलाई माथि देखाउन , मान्छे मार भन्दैन ।
७. तिमीले तिम्रो भविष्य परिवर्तन गर्न सक्दैनौ । तर, तिमीले आजको तिम्रो बानी सुधार्न सक्छौ । र, त्यही सुधारिएको बानीले नै तिम्रो भविष्य परिवर्तन गरिदिनेछ।
८. सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन, तिमी पूर्ण रुपले जागा भएको बेला देखेको कल्पनाशक्ति हो ।
९. युवाअवस्था नै त्यस्तो अवस्था हो , जसमा सबैभन्दा बढी कल्पनाशक्ति, उत्साह र विवादमा आउने सम्भावना कम हुन्छ ।
१०. कसैलाई हराउन एकदमै सजिलो छ, तर कसैलाई जित्न त्योभन्दा गाह्रो छ । ११. विद्यार्थीमा हुनुपर्ने सबैभन्दा उत्कृष्ट गुण भनेको प्रश्न गर्ने बानी हो ।
१२. उत्कृष्टता भनेको आकस्मिक घटना होइन, निरन्तर प्रयासको प्रतिफल हो । १३. सानो लक्ष्य राख्नु भनेको अपराध जस्तै हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै