आज मातातिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिन, आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मनाइदै ।

काठमाडौं । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औसी । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

 

यस दिन दिवङ्गत आमाको सम्झनामा थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गरेकोमा गत वर्ष जस्तै यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिन्छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवंगत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने शास्त्रिय मान्यता छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 5 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 16 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *