नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने ।

  • खेलकुद
  • २०७८ बैशाख २८, मंगलवार ०९:२४

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज प्लेअफको पहिलो खेल हुँदैछ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्।

शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ।

आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटेर खेल्नेछ। 

प्लेअफको दोस्रो खेलमा भोलि ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्नेछन्। नेपालमा आयोजित पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टोली सहभागी भएका थिए। प्रतियोगिताको विजेताले ३५ लाख नगदसहित ट्रफी हात पार्ने छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 20 views
    खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद

    ७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 17 views
    नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

    ७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *