स्वास्थ्य मापडण्ड अपनाएर उद्योगलाई संचालन गर्न स्थानिय र जनप्रतिनिधिको दबाब

देवचुली,बिवेक भण्डारी

समुदायमा उद्योगका कारण संक्रमण फैलन सक्ने भन्दै स्थानियले उद्योगमा स्वास्थ्य मापडण्ड अपनाउन उद्योगलाई तिब्र दबाब दिन थालेका छन । देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको चौधरी उद्योगमा सामान्य स्वास्थ्य मापडण्ड बाहेक अरु स्वास्थ्य मापडण्ड नअपनाउदा स्थानिय स्तरमा कोरोना भाइरस फैलनसक्ने भन्दै वडा नम्बर २ का स्थानिय र जनप्रतिनिधिहरुले उद्योगमा थप स्वास्थ्य मापडण्ड अपनाउन माग गरेका हुन । उद्योगमा २ हजार बढि कामदारहरु रहेको र सो कामदारहरु आवतजावत गर्दा गाउँमा संक्रमण फैलन सक्ने भन्दै स्थानियले उद्योगको पुर्वि भागमा रहेको गेट उद्योगसंग छलफल गरी बन्द समेत गराएका थिए । स्थानिय विनोद सिलवारका अनुसार उद्योगले मुल गेट भन्दा पुर्वि गेटबाट कामदारहरुको आवतजावत बढि गराएको हुदा गाउँमै संक्रमण फैलनसक्ने त्रास रहेको हुदा जनप्रतिनिधि र यहाँ स्थानियहरुले दुइ दिन उद्योगको पुर्वि गेट बन्द गराउन दबाब दिए अनुरुप पुर्वि गेट बन्द गराएको र सोमवार उद्योग संग छलफल गरि स्वास्थ्य मापडण्ड पुर्ण रुपमा पालन गराउने सर्तमा बन्द गराएको गेट खुलाएको जानकारी दए । “उद्योगबाट कामदाहरु एकै पटक निस्कने र आपसमा दुरी पनि कायम नदेखिएको हुदा पुर्वि गेट बन्द गराएका थियौँ, सोमवार उद्योग संग पुन छलफल गरि स्वास्थ्यका सबै मापडण्ड अपनाउने गरि खुलाइएको छ ।”स्थानिय विनोद सिलवारले बताए । उनका अनुसार उद्योगमा भारतीय मालबहाक ट्रकहरुको आवतजावत बढि हुने हुदा अझ संक्रमणको त्रास उच्च रहेको कारण उद्योग प्रशासनलाई भारतीय सवारीसाधनहरुलाई व्यवस्थापन र उक्त साधनमा आउने चालक र सहचालकहरुको छुट्टै व्यवस्थापन गर्न अनुरोध गरेको बताए । आफुहरुले उद्योगलाई स्वास्थ्य मापडण्ड र उद्योग नजिक रहेका स्थनियहरुको स्वास्थ्यमा विशेष ध्यान दिएर उद्योग संञ्चालन गर्न आग्रह गरेको पनि उनले बताए । उद्योग प्रशासनले स्वास्थ्य मापडण्ड अपनाएको र भारतीय सवारीसाधन र उक्त साधनमा आउने चालक र सहचालकको छुट्टै व्यवस्थापन गर्ने जानकारी आफुहरुलाई दिएको स्थानिय सिलवारले जानकारी गराए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 8 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *