१७ जेठसम्म लम्बियो अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध

२८ वैशाख, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।
यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सो प्रतिबन्ध लम्ब्याएर सरकारले १७ जेठ पुर्याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।
अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै