मध्यविन्दुु जिल्ला अस्पतालमा कोभिडका र संस्कास्पद बिरामी गरि २८ जना उपचाररत

पुर्वी नवलपरासीको मध्यविन्दुु जिल्ला अस्पतालमा बिरामीका लागि छुट्याइएको अक्सिजन सहितको बेड भरिएको छ । कोेरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि अस्पतालमा रहेका २८ वटा बेडहरु कोभिडका बिरामीले भरिएका हुन । कोभिड फोकल पर्सन समेत रहेका जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले २८ वटै बेडमा बिरामी रहेको बताए ।२५ जना कोभिडका र तीनजना संस्कास्पद बिरामी गरि २८ जनाको उपचार भैरहेको उनले सुनाए । डाक्टर न्यौपानेका अनुसार २८ जना मध्ये २४ जना बिरामी लाई निरन्तर अक्सिजन दिनुपरेको छ । “बिरामीहरुको अवस्था अनुसार केहिलाई दिनकै ४/५ वटा अक्सिजनको ठुलो सिलिण्डर लगाउनु परेको छ”, न्यौपानेले भने । जिल्ला अस्पतालमा सानो ठुलो गरि ६५ थान अक्सिजनको सिलिण्डर राखिएको छ ।कोारोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि अस्पतालमा थप बिरामी आएको अवस्थामा ईमरजेन्सीमै राखेर भएपनि उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।