चर्चित लोक तथा दोहोरी गाएक अर्जुन सापकोटाको नया लोक दोहोरी गित बम्बै जाने रेल सार्वजनिक भएको छ । गितमा अर्जुनलाइ गायिका शान्ति श्री परियारले साथ दिएकी छिन ।
अर्जुनको आफ्नै रचना रहेको यस गितमा शिव हमालको लय मिसाएका छन । सुनिल परियार को संगित संयोजन सहित खुमन राना र सुमन रानाले गित रेकर्ड गरेका हुन । मारुनी डिजिटलमा रेकर्ड गरिएको गितलाइ कुमार रानाले सम्पादन गरेका हुन । गितमा यज्ञ सापकोटा, नन्दु परियार, रुपी सिन्जाली मगर, प्रेमा राना लगायतले गु्रप भोकलमा साथ दिएका छन ।
गितको भिडियोे एस के डिजिटलले निर्माण गरेको हो । कजिस श्रेष्टको निर्देशन, प्रसान्त श्रेष्टको सहायक निर्देशन, अजय रेग्मीको छायांकन, रहेको भिडियो सम्पादन दिपक विष्टले गरेका हुन । अनिमेस जोर्डनको मेकअप, राजेन्द्र अर्यालको आइटि सप्पोर्ट, हरि अधिकारीको गु्रप लिडिङ, रहेको छ। फोटोग्राफी रक कौसलले गरेका हुन भने पोस्ट प्रोड्क्सन समेत एस के फिल्मसले नै गरेको हो।
गितको म्युजिक भिडियो पनि आकर्षक र कलात्मक हिसावमै निर्माण गरियको छ । भिडियो अर्जुन स्वयमले अभिनय गरेका छन भने दिव्या न्यौपाने, वादल घिमिरे क्रिष्टल सापकोटा लगायतले साथ दिएका छन । गित अर्जुन सापकोटाको आफ्नै आधिकारिक युटुव च्यानलबाट डिजिटल वजारमा आएको छ ।
भिडियो हेर्न तलको लिङ्क दवाउनुहोस ।