नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-३ नन्दपुर बस्ने २७ वर्षीय खुसीहाल कमकरको क्रेनमा रड लोड गर्ने क्रममा लडेर सोमबार दिउँसो मृत्यु भएको छ । लु.१ क २४७७ नम्बरको क्रेनमा रड लोड गर्ने क्रममा चिप्लिएर लड्दा कमकर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट र प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु
चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…
विस्तृत.....