गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: गुरुङ

पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त हुनभएको छ । ठूलो पार्टीको हैसियतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई नियुक्त गर्नुभएको हो ।
उहाँलाई आजै सपथ दिलाइएको छ । बहुमतको सरकारकालागि आह्वान गरिएको समयभित्र हस्ताक्षर सहितको दाबी पत्र पेश नभएको भन्दै प्रदेश प्रमुखलले गुरुङलाई नियुक्त गर्नुभएको हो । यसअघि, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी चार दलको गठबन्धनले प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाएको थियो ।
कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, राष्ट्रिय जनमोर्चाको ३, जसपाको दुई संख्याको समर्थन रहेको भन्दै २९ जनाको हस्ताक्षर सहितको दाबी पेश गरेको थियो ।
राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्णबहादुर थापा र खिमबिक्रम शाही तटष्ठ बसेपछि गठबन्धनलाई हस्ताक्षर नपुगेको हो ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै