राष्ट्रपतिले दिएको समयसीमा सकियो, ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत नयाँ सरकार गठनका लागि दलहरुको दिएको समय सकिएको छ । अहिले ९ बजे राष्ट्रपतिकाे दिएकाे समयसीमा सकिएकाे हाे ।
राष्ट्रपतिले दिएको समय सीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले आफूलाई बहुमत सदस्यको समर्थन रहेको दाबी राष्ट्रपति समक्ष गर्न सकेनन् । विपक्षी दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रले अन्तिम घडीसम्म बहुमत जुटाउन गरेको प्रयास सफल हुन सकेनन् ।
विपक्षी दलहरू प्रधानमन्त्रीको दाबी गर्न असफल भएपछि अब संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले एमाले अध्यक्ष एवं काम चलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार रातिसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ठूलो दलको हैसियतमा अल्पमतको सरकार गठन गर्ने प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ ।
प्रधानमन्त्री ओली यही वैशाख २७ गते संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले वैशाख ३० गते रातिसम्मको समय दिँदै बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको थियो ।
Source:imagekhabar

मङ्लबार, अशोज १६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव