देवचुलीमा फेला परेका रतुवा मृग, स्थानीयद्धारा डिभिजन वनलाई बुझाइयो ।

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ मिलन टोलमा विहीबार साँझ फेला परेको रतुवा मृग स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय नवलपुरलाई जिम्मा लगाएको छ ।

देवचुली नगरपालिका ९ का वडा अध्यक्ष मेखबहादुर सारुका अनुसार स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयका कर्मचारीहरुलाई खबर गरी जिम्मा लगाएको हो ।
डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत मोहन काफ्लेका अनुसार पोथी रतुवा मृग विहीबार साँझ नै डिभिजन वन कार्यालय कावासोती ल्याइएको छ ।

उक्त मृगको स्वास्थ्य अवस्था चेक जाँच गरी शुक्रबार मृगको वासस्थान भएको जंगलमा लगेर छाडिने काफ्लेले जानकारी दिए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 8 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *