बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु

बाँके : कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप ८ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार शान्तिनगर गाउँपालिका–५ दाङका ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ।

वैशाख २१ गते एन्टिजेन विधिबाट पिसिआर परीक्षण गर्दा उनमा कोभिड पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या भएपछि हिजो बिहीवार भेरी अस्पतालमा भर्ना भई उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रबार बिहान १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, मेडिकल कलेज नेपालगन्जमा खजुरा गाउँपालिका–२ बाँकेका ५३ वर्षिया महिलाको समेत कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। वैशाख १८ गते स्वास्थ्य समस्या आएपछि मेडिकल कलेजमा भर्ना भएका उनमा १९ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा उनको बिहान १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

  यस्तै, मृत्यु हुनेहरुमा कुमाख गाउँपालिका–१ सल्यानका ६७ वर्षीया महिला, मधुवन नगरपालिका–६ बर्दियाका ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेका ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ७५ वर्षीया महिला छन्।

त्यस्तै भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेका ६१ वर्षीया महिला र मेडिकल कजेजमा कोहलपुर नगरपालिका–२ बाँकेका २८ वर्षीय पुरुषको समेत कोभिडकै कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका १६८ जना र जिल्लाकै २२३ जनाको मृत्यु भइसकेको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 11 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:१२
    • 23 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *