दाङ्गमा एउटै कारभित्र मृत फेला परेका तीन तीन बालकको शव १३ दिनपछि अभिभावकलाइ बुझाइयो ।
एउटै कार भित्र मृत अवस्थामा फेला परेका तीन बालकको शव १३ दिनपछि अभिभावकले बुझेका छन्।
तुलसीपुर उपमहानगरपालिकामा पीडित पक्ष, स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार प्रमुख लगाएतका बीचमा भएको वार्तापछि पीडित पक्षले शुक्रबार बेलुका तीन बालकको शव बुझेका हुन्।
मृतक तीन बालकका अभिभावकलाई तत्काल किरिया खर्चवापत जनही २५ हजारका दरले उपलब्ध गराउने, कार्यपालिकाबाट पास गरि थप एक लाख उपलब्ध गराउने सहमति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले सेतोपाटीलाई बताए।
त्यस्तै राष्ट्रिय दलित आयोगमार्फत गृह मन्त्रालयसमक्ष प्रत्येक बालकलाई जनही ५ लाख क्षतिपूर्ति माग गर्ने, प्रत्येक पीडित परिवारका एक जना सदस्यलाई स्थानीय पालिकाले क्रमश रोजगारीको ब्यवस्था गर्ने, पीडित परिवारका अन्य बालबालिका मध्य एक/एक जनालाई प्लस टुसम्म पढाउने जिम्मा स्थानीय सरकारले लिने सहमति पनि भएको छ।
त्यस्तै घटनाको अनुसन्धान र छानविन निष्पक्ष रुपमा गरेर दोषीलाई कारबाही गर्ने, पक्राउ परेका गाडी धनी र चालकलाई अदलातमा नपुर्याइ छोड्न नपाइने जस्ता सहमति भएको डिएसपी सिंहले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंह, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मालगायतको सहभागितामा पीडित पक्षसँग भएको छलफलमा उक्त सहमति भएको हो।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र वैशाख १८ गते बेलुका तीन बालक मृत अवस्थामा फेला परेका थिए।
तुलसीपुर ६ बरूवाका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए।
यसअघि प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर र प्राविधिक झिकाएको थियो भने शवको पोष्टमार्टमका लागि बुटवलबाट विषेशज्ञ डाक्टर झिकाएको थियो।
पोष्टमार्टमा रिपोर्टले बालकको शरीरमा कुनै चोट/पटक नलागेको हुँदा कर्तब्य गरि हत्या भएको नदेखिएको प्रहरीले यसअघि जानकारी दिएको थियो।
शव सडेगलेको हुँदा विषादी सेवन वा अन्य त्यस्तै कारणले मृत्यु भएको हो, होईन ? भनेर अनुसन्धान गर्न भन्दै भिसेरा परीक्षणको लागि यसअघि नै काठमाडौं पठाइएको छ। त्यसको रिपोर्ट अबको दुई/तीन भित्रै आइपुग्ने डिएसपी सिंहले बताए।
प्रहरीले घटनाको दोस्रो दिन वैशाख १९ गते नै कारधनी तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरि ज्यान मुद्दा चलाएर अनुसन्धान सुरु गरेको छ ।
चालक बस्नेत र गाडी धनी गैरेले माघ १ गते आफूहरूले उक्त कार लक गरि पार्किङमा राखेकाले आफूहरू घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष वयान दिएका छन्।
यसअघि पीडित पक्षले तीन बालकको सामुहिक हत्या भएको दावी गदै दोषी पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका थिए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै