पत्रकार महासंघ गण्डकी अध्यक्ष शर्मालाई पितृ शोक

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ । शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती- ९ मा निधन भएको हो । स्वर्गीय शर्मा लामो समय देखि दमको रोगी थिए । स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । ‘अध्यक्ष नारायण शर्माको पूज्यनीय पिता गंगाधर शर्मा चापागाईको निधनको खबरले नेपाल महासंघ गण्डकी प्रदेश समिति मर्मात र स्तब्ध भएको छ ।
यस दूखद घडीमा महासंघ प्रदेश समिति स्वर्गीय बुबाको आत्माको चीरशान्तिको कामना गर्दै अध्यक्ष शर्मा सहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’ महासचिव गोविन्द सुवेदी द्धारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 9 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 9 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *