फाष्ट ट्र्याकको सुरुङ निर्माणको लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता, सेनाले तोड्यो लेखा समितिको निर्देशन
काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत निर्माणाधीन सुरुङ र विशेष प्रकृतिको पुल निर्माणको ठेक्का सम्झौता गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पहिलो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिका पुल निर्माणका लागि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिको पुल निर्माण गर्न पोली चङ्डा इन्जिनियरिङसँग सम्झौता भएको हो ।
संसद्को सार्वजनिक लेखा समितिले ठेक्का सम्झौताका लागि ठेकेदार कम्पनी छनोट गर्ने क्रममा अनियमितता भएको भन्दै रद्द गर्न निर्देशन दिएपनि सेनाले सम्झौता गरेको हो । सम्झौताअनुसार दुवै ठेकेदार कम्पनीले अबको ४२ महिनाभित्र सुरुङ र विशेष प्रकृतिको पुल निर्माण गरिसक्नुपर्नेछ ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले रक्षा मन्त्रालयबाट ठेक्का सम्झौता रोक्न कुनै निर्देशन नआएको हुँदा कार्यसूचीअनुसार ठेक्का प्रक्रिया अघि बढेको बताउनुभयो ।
सेनाका अनुसार पहिलो प्याकेजको ठेक्का सम्झौता रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । दोस्रो प्याकेजको सम्झौता रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का प्रक्रियामा कसैको उजुरी नपरेकाले पनि ठेकेदार कम्पनीसँग सम्झौता गर्न सहज भएको सेनाले बताएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय