धान खेतीमा रोगब्याधि नलागोस् भनि थारु समुदायले हरेरी पूजा गर्दै

रासस
साउन ८, काठमाण्डौ: थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन्। रोपिएको धान सप्रियोस् भनेर थारु समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ। अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ। पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन्।

Hareri_Puja_Tharu 2

हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरुपमा गर्ने गरिन्छ। विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेको टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए।

hareri-puja 3

‘धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउन परम्परागतदेखि आधुनिक प्रविधिको प्रयोग गर्ने गर्दछौँ,’ उनले भने, ‘सिँचाइ, मलखाद व्यवस्थापनसँगै रोग किरा, प्राकृतिक प्रकोपबाट बालीलाई जोगाउन परम्परागतदेखि आधुनिक प्रविधि गर्ने गरिन्छ तर थारु गाउँमा धान बालीको सुधार गर्न हरेरी पूजा महत्त्वपूर्ण मानिन्छ। हामी हरेक वर्ष पूजा गर्छौं।’

धानमा लाग्ने गुभिया, गाँधी, फट्याङ्ग्रालगायतका सत्रु किरा धपाउनका लागि हरेरी पूजा गर्ने गरेको उनको भनाइ छ। प्रत्येक गाउँमा आफ्नै अनुकूलमा हरेरी पूजा गर्ने गरेका किसान बताउँछन्।

Hareri_Puja_Tharu

‘हरेरी पूजामा ७ मुखे दियालोमा बत्ती बालेर मुरहा, सुच्चा, पाँच पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ,’ किसान राधा चौधरीले भन्छिन्, ‘पूजा गरेपछि खेती सप्रन्छ भन्ने विश्वास छ।’

कुनैकुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन्। यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन तथा नाचगान नपाइने प्रचलनसमेत रहेको टीकापुर वनगाउँका तेजबहादुर चौधरीले बताए। ‘हरेरी पूजाको दिन थारु समुदायमा हरियो घाँसपात काटे अशुभ मानिने भएकाले यो दिन केही कार्य नगर्ने चलन छ,’ चौधरीले भने।

यसरी दिउँसो सुरु गरेको पूजा रातभर थारु समुदायका प्रत्येक घरका किसानले भल्मन्सा अथवा बड्घरको घरमा दियो बालेर जाग्राम बस्छन्। दूध सङ्कलन गर्ने र विशेष पूजा गरी खिर भन ९खेतको मुहानमा हालिने विषादी० बनाई नुहाएर खेतभरिको पानी हाल्ने गरामा छर्किन्छन्। यसरी पूजा गर्दा धान बालीमा किरा नलाग्ने विश्वास छ।

किंवदन्तीअनुसार प्राचीनकालमा महादेव र पार्वतीको कथनसँगै टुनामन्तर ९पूजाआजा० गरेर खेतीपातीको रोग किरा हटाएको विश्वास थारु समाजमा छ र त्यहीअनुसार यो पूजा थारु किसानले गर्दै आएको बर्का गुरुवा राधेश्याम चौधरीले बताए। ‘प्रकृति पूजकका रुपमा थारु समुदायमा यस्तै अन्य पर्व संस्कार रहेका छन्,’ उनले भने, ‘वर्षौंदेखिको विश्वास हो। यो पूजामा थारु समुदायका संस्कृति पनि जोडिएका छन्।’

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 50 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 37 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *