झाेले पत्रकार !! काे हुन वास्तविक झोलेहरु ?

press

पत्रकारितामा प्रश्न गर्ने दम नभएको, राजनीतिक दलहरु नागरिकप्रति उत्तरदायी भएनन् भनिरहँदा पत्रकारिता पनि नागरिकप्रति उत्तरदायी बन्न नसकेको, विभिन्न साँठगाँठ र लेनदेनमा पत्रकारिता अल्झिएकोले र विभिन्न पार्टि र सिद्धान्त बोकेका पार्टिगत संघ संगठनको दबदबामा पत्रकारहरु रहेकोले पनि हिजोआज पत्रकारहरु पत्रकार कम दलका प्रवक्ताझैं देखिन थालेका छन्

एनसञ्चार अनलाईन, साउन १०, कावासोति : सामान राखेर बोक्न छाला अथवा कपडाबाट बनाइने थैलो लाईनै झोला भनिन्छ । जुन् दैनिक प्रयोगमा आउने अत्यावश्यक सामग्री हो ।
यसको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको छ । यकिन रूपमा यतिनै बेलादेखि भन्न नसकिए पनि झोलाको इतिहास भने पुरानो छ ।
प्राचिन समयमा बोरा या छाला आदिबाट भिर्न मिल्ने फिता राखेर बनाइने भएपनि अहिलेको समयमा ल्यापटप, मोबाइल पैसा विभिन्न निर्माण समाग्री लगायत हरेक क्षेत्रमा प्रयोग गर्न मिल्ने गरी झोला निर्माण गरिन्छ ।
पछिल्लो समय सामाजिक सञ्जालहरुमा झोले शब्द निक्कै प्रचलित छ, कुनै राजनितिक दलको पक्षमा लाग्नेलाई अर्को कसैले झोले भनेर सम्बोधन गरेको पाईन्छ । त्यस्तै पत्रकारितामा पनि कुनै एक मात्रै पक्षको पक्षपोषण गर्ने हिसाबले समाचार या लेखहरु लेख्निे या रिपोर्ट प्रस्तुत गर्नेहरुलाई पनि झोले भन्ने प्रचलन रहेको पाईन्छ ।
झोलाको कसले परिकल्पना ग¥यो होला ? झोला सबैभन्दा पहिले कसले निर्माण ग¥यो होला  ? यि प्रश्नहरुको उत्तर त कतै भेटिदैनन् तर आज पनि झोला बोक्ने काम निरन्तर जारी छ ।
साँच्चै भन्ने हो भने सबै खालका झोला पार्टीगत गीत गाएर नाँच्न–झुम्न खुबै मन पराएको देखिन्छ ।
झोलाको सम्पूर्ण जीवन नै झोला । झोलाको जीवनको अर्थ नै भिरिनु अर्थात् ‘झोले’ हुनु । तर वास्तवमा झोलेको अर्थ भने हाम्रो सामान्य बुझाईभन्दा निक्कै फरक रहेको छ ।
विषेश गरि राजनैतिक कार्यकर्ता र पत्रकारहरुलाई झोले भनेर सम्बाधन गरेको पाईन्छ, झोले नेता या झोले पत्रकार । अर्थअनुरुपको गहिराई बुझ्ने हो भने नेताहरुलाई पनि झोले नै भन्न भने मिल्दैन ।
हामिले कुनै पनि पार्टि वा नेताको समाचार, रिपोर्ट लेखेकै भरमा पत्रकारलाई झोले भन्नु सरासर गलत हो । वास्तविक झोले पत्रकार त तिनलाई भनिन्छ जसको कुनै कार्यालय हुँदैन, कुनै एक सञ्चारसंस्थाको दर्ता गरेर, उक्त संस्थासँग सम्बन्धित सम्पूर्ण कागजात सहित आवश्यक सामाग्रि पनि एउटै झोलामा बोकेर हिन्नेलाई वास्तविक झोले पत्रकार मानिन्छ ।
त्यस्तै कुनै पनि राजनितिक विचार र सिद्धान्तका दस्तावेजहरु एउटै झोलामा बोकेर हिन्ने राजनितिक व्यक्तित्वलाई पनि झोले भनिन्छ ।
वस्तविक रुपमा झोलेलाई यसरी पनि बुझ्न सक्छौँ : झोला भिरेर घरडेराबाट निस्कनु, अर्को झोलासँग हात मिलाउनु, चियाकफी पिउनु, चुरोटको धुवाँ उडाउनु र झोले गफ गर्नु, अनि घर फर्कनु, दाल–भात बजाउनु, फेरि बाहिर निस्किहाल्नु र सिधा पार्टी अफिसको प्रांगणमा गएर फेरि आफ्नो ‘स्ट्याटस’का झोलाको भिडमा मिसिनु, त्यहाँ आकाश–जमीन एक एक गरेर गफ छाँट्नु, साँझ परेपछि कुनै गल्लीको वा रोडकै भट्टी वा क्याफेमा छिरेर दोस्रोको बिलमा आफ्नो भागको रकम चढाउनु र बेलुकी अबेर शरीर ढलपल गर्दै घर फिर्नु । यसबीच जुलुसमा सहभागी हुनु, आँखा चिम्लेर जुलुसभित्र निर्देशित नारा लगाउनु । बस, झोलेको दिनचर्या यति नै ।

अर्कोथरि झोले हुन्छन्, एउटा कुनै न कुनै मिडिया कम्पनि भनेर दर्ता गर्नु सबै कुरा झोलामा बोकेर विभिन्न संस्था वा सरकारि तथा निजि कार्यालय धाउनु, अनि हजुरि गरेकै भरमा विभिन्न शिर्षकमा बिल बनाएर पास गराएरै जिविको चलाउनु ।
भनिन्छ, प्रेस सधैं सत्ताको विपक्षमा रहन्छ । राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले गर्ने कामको निगरानी गर्ने जिम्मेवारी पाएकैले पनि प्रेसले आम नागरिकबाट चौथो अंगको सम्मान पाएको छ । तर, पछिल्लो समय प्रेसका पाइलाहरु कतै भड्किएझैं देखिन्छ । जुन प्रकारको पत्रकारिता विकास भइरहेको छ, त्यसले साँच्चैको लोकतन्त्रलाई झनै भड्खालो तर्फ लगिरहेको विष्लेशकहरु बताउँछन् ।

के हाम्रो पत्रकारितामा प्रश्न गर्ने दम नभएको, राजनीतिक दलहरु नागरिकप्रति उत्तरदायी भएनन् भनिरहँदा पत्रकारिता पनि नागरिकप्रति उत्तरदायी बन्न नसकेको, विभिन्न साँठगाँठ र लेनदेनमा पत्रकारिता अल्झिएकोले र विभिन्न पार्टि र सिद्धान्त बोकेका पार्टिगत संघ संगठनको दबदबामा पत्रकारहरु रहेकोले पनि हिजोआज पत्रकारहरु पत्रकार कम दलका प्रवक्ताझैं देखिन थालेका छन् र यिनै प्रवृत्तिको हावि भएकैले पत्रकार जस्तो गरिमामय पेशालाई समेत दुषित बनाउने गरि झोले पत्रकार भनिनु सम्पूर्ण पत्रकारिताकै लागि पनि शर्मको कुरा हुनुपर्ने हो ? यसको सुधारकोलागि पत्रकार आँफैले आफ्नो आङ्तर्फ नियालेर निर्णय गर्नुपर्ने देखिन्छ ।