“मानवका लागि मानव” महाअभियान शुरु

काठमाडौ । “मानवका लागि मानव” अभियानले सोमवार देखी कलंकी देखी सिता पाईला, स्वयम्वु, बनस्थली, बलाजु माछापोखरी, बसपार्क, बसुन्धारा, चक्रपथ, चाबहिल, एयरपोर्ट , तिनकुने र कोटेश्वर सम्म सेवा अभियान सुरु गरेको छ ।


मानवका लागी मानव अभियानले अति बिपन्न परिवार र ज्यालादारी परिवारलाई दैनिक खाद्यान्न नै नभएका परिवारलाई सहयोग गरिरहेको छ । अभियानका संयोजक हेम बहादुर खड्का (राज)ले सहयोगको अपिल गर्दै, ईमान्दारीताका साथ अभियान संचालन गर्ने एन सन्चार मार्फत प्रतिबद्धता व्यक्त गरेका छन ।

उन्ले भने हाम्रो अभियान एक्स्टेन हुँदैछ, कलंकी देखी सितापाईला, स्वयंम्भु, बनस्थली, बलाजु माछापोखरी, बसपार्क, बसुन्धारा, चक्रपथ, चाबहिल, एयर्पोर्ट , तिनकुने र कोटेश्वर सम्म हामी मङ्गलवार देखी अभियान सुरु गर्दै छौं ।

अभियानले सडक बालबालिका, हस्पिटलमा बिरामीको कुरुवा, सडकमा अलपत्र मानिसहरु, सुरक्षाकर्मी, स्वास्थकर्मीहरुलाई खाना, नास्ता र पानीको प्रबन्ध गर्ने अभियन्ता मन्दिरा शर्माले बताइन ।
आफुहरुले सक्दो नगद तथा जिन्सी र सहयोगबाट अभियान शुरु गरिएको र यस अभियानमा सहकार्यका लागी हरसम्भव सहयोगका लागी सम्पुर्ण अभियन्ताहरुलाई आग्रह गरिएको अभियान्ता हरुले आग्रह गरेका छन । अभियानले माछापोखरीमा प्रमुख खानाघर र कोटेश्वर तथा कलंकीमा एक्स्टेन्सन सञ्चालन गरि सेवामा शुरु गरेको अभियन्ता डिबि पराजुलीले बताए ।


अभियानले सहयोगापेक्षिहरुलाइ सहयोगका साथसाथै कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउन सहजिकरण गर्ने समेत अठोट लिएको छ । अस्पताल जान प्राइभेट गाडी व्यवस्था गरेर एम्बुलेन्स नपाएका लाई उपचार गर्न जाने व्यवस्था मिलाउने, आईसोलेसन वार्ड र क्वारेन्टाइन वार्ड बनाउन निजि र अभियानको साझेदारि गर्ने , स्वास्थ्यकर्मीको परिवारलाई सुरक्षीत राख्न डाक्टर र नर्सका लागी छुट्टाछुट्टै होस्टेलको व्यवस्था मिलाउने काममा अभियानले समन्वय गर्ने अभियान्ता दिपेन्द्र ढकालले बताए ।


खान नपाएर भोक भोकै बस्न बाध्य भएका हरुलाई आधारभुत राहतको ब्यबस्थापन गर्न पहल गर्ने , दिन रात नभनि अहोरात्र खटीएका शुरक्षाकर्मि हरुको लागी माक्स,पन्जा ,स्यानिटाईजर, पिउनेपानि र नास्ताको प्रबन्ध मिलाउन समुदाय स्तर बाट पहल गर्ने , अभियानले सबै सहयोगी व्यक्तित्वहरुलाई अभियान द्वारा सम्मान समेत गर्ने योजना रहेको संयोजक खड्काले बताए ।

अभियानमा सहयोग गर्न चाहनुहुने सहयोगी महानुभावहरुका लागी निम्न नम्वर हरुमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
मन्दिरा शर्मा : ९८४११४७१९५,
डिबि पराजुली : ९८१८९२१८७४,
दिपेन्द्र ढकाल : ९८०११९६६६७
साजन बिक : ९८४३२६८६९८,
लिला खनाल : ९८५१०७२२९९,
सरस्वती काफ्ले : ९८०८१९३०९९