आँफ्नै मिहिनेतले सफल र समाजमा उदाहरणिय व्यवसायि, एक महिला

“जिन्दगीको परिभाषा के हो ? भन्नुस् त, मेरो वुझाईमा स शरिर जिवित छु भन्ने आभास हुनु मात्र पनि जिन्दगी हो, होईन र ? त्यो आभास भित्रको सन्तुष्टि आत्म सन्तुष्टि, हो मैले यि (खोरका बाख्रा देखाउँदै) बाख्राको हेरचाहमा, यिनिहरुको पालनमा साँच्चिनै त्यो सन्तुष्टि पाएकि छु, त्यसैले भनेकि हुँ, यि बाख्रामा आफ्नो जिन्दगी देखेकि छु ।”
एनसञ्चार संवाददाता, साउन २४, कावासोती : पछिल्लो समय वैदेशिक रोजगारिमा गएका श्रिमानले पठाएको सबै पैसा लिएर श्रीमति पर पुरुषसँग फरार, विदेशबाट श्रीमान घर आउँदा श्रीमति अर्कैसँग रंगेहात भेटियो जस्ता नयाँ नयाँ भिडियोहरु सामाजिक सञ्जालमा दैनिक जसो भाईरल बनिरहेको भेटिन्छ । त्यस्तै विभिन्न वहानामा गाउँबाट शहरी भेगमा आएका महिलाहरु वैदेसिक रोजगारिमा भएको श्रीमानको कमाईलाई अनावश्यक रुपमा खर्च गरेर हिँडेका उदाहरणहरु त झन् हाम्रा आँखा अगाडि धेरै नै देखिन्छन् । अझ वैदेसिक रोजगारि मध्ये दक्षिण कोरिया नेपालिले राम्रो आम्दानि गर्न सक्ने ठाउँको रुपमा भएकोले पनि स्थानिय भाषा अनुसार कोरियन लाउरेकि श्रीमतिहरुको पारा नै बेग्लै हुन्छ ।
तर एक महिलाले चाहेमा श्रीमानको मिहिनेतले कमाएको धनलाई आयमुखि व्यवसायमा लगाई कसरी अझ बढि फाईदा लिन सकिन्छ भनेर समाजलाई नै सिकाउन सफल बनेकि छन् तारा पंगेनि । नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिका वडा नं. ३ मा जुनकिरी पशुपंक्षी मत्स्य तथा कृषि फर्म सञ्चालन गरेकि ताराको श्रीमान भने बैदेशिक रोजगारिको सिलसिलामा दक्षिण कोरियामा छन् ।
घरमा दुई छोरा र एक भाईको सहयोगमा झण्डै ५० भन्दा बढि बाख्रा, दर्जन बढि हाँस र कुखुराहरु समेत पालेकि छन् ताराले । फर्म सञ्चालन गर्ने सोँच कसरी आयो भन्ने हाम्रो प्रश्नमा, ताराले मुस्कुराउँदै भनिन् : “म त दुःखै गर्न जन्मेको जस्तो लाग्छ के, पहाडमा जन्मिएँ । सानै छँदा आमा वित्नुभयो, भाईहरु पनि स साना थिए, पढ्न धेरै पाईन । उकालि ओरालि मेलापात, घाँसदाउरा गर्दागर्दै यस्तै बाख्राहरु नै साथि जस्तो लाग्न थाल्यो । विहे गरेर आएपछि पनि श्रीमानको राम्रो नोकरी थिएन, यस्तै बाख्राहरु कुखुराहरु पाल्थेँ । श्रीमान कहिले कतार, कहिले दुवई त कहिले मलेसिया जानुभयो तर कतैपनि सोँचे जस्तो कमाई भएन, भाग्य ले नै नदिएको त होला, श्रीमान मलेसियाबाट फर्किएपछि कोरियामा राम्रो कमाई हुन्छ भन्ने सुनेथेँ त्यहि भएर कोरियन भाषा पढ्न भनेँ, दुई छोरा जन्मिसकेका थिए, दुःख गरेरै कावासोतिमा एउटा सानो घडेरी सम्म जोडिएको थियो अरु केहि थिएन, पहाड छोडेर झरि हालियो, कहिले खोले खायौँ, कहिले गहुँको ढेँडो तर म कहिल्यै हरेश भने खाईन श्रीमानले कोरियन पढ्दै गर्दा नि नाम निस्किएन(पास भईएन) भने समय बर्बाद मात्र हुन्छ भनेर डराउनु भाथ्यो, मैले नै तपाईँ पढ्नुस् मैले जसरी पनि घर चलाउँछु भनेपछि पढ्नुभयो, मैले त्यहिँ थोरै ठाउँमा २,४ वटा बाख्रा, कुखुरा पहिले नि पाल्थेँ अब अहिले जस्तो धेरै नभए पनि घर खर्च चलाउने मात्र होईन यहाँ अहिलेको फर्म विस्तार गर्न पनि त्यतिबेलै कमाएको पैसाले फर्म नै दर्ता गरेर सञ्चालन गरेकि हुँ, २ वटा वोयर जातका बोका पनि किनेर ल्याएकि छु, एउटा ३० हजारको अर्को २० हजारको साना साना थिए अहिले त ठूला भए, जे भएनि यिनै बाख्रा सँग रमाईलो लाग्छ ।”
श्रीमान कोरियामा भएपछि कमाई त राम्रै होला, यो दुःख नगरेको भएपनि त हुन्थ्यो होला, हाम्रो जिज्ञासामा अलिक कडा स्वरमा तारा बोलिन : “काँ.., त्यसरी चल्छ र ? विचरा बुढोले कति दुःख गरेका छन्, अब दुईभाई छोरा पढाउनु पनि पर्यो यिनिहरुको भविष्य बनाउनु छ, एक्लैले गरेर यो महंगिमा पैसा सिध्याउन त कति बेर लाग्छ र, आज आँफुले पनि दुःख गरेपो भोलिका दिन राम्रो होला ।”
उनका अनुसार श्रीमानको कमाईले घडेरी जोडेकी छन्, आफ्नो कमाईले घर चलाउँदै र फर्मलाई बढाउँदै व्यवसायिक बनाईन् । ताराले भनिन् : ” थोरै थोरै गरेर जोडेकोले ठ्याक्कै यति लगानि गरेँ भन्ने त मलाई थाहा छैन सुरुवात त मैले कावासोतीमै बस्दा एउटा बाख्रा बाटै गरेकि हुँ । तर यसो हेर्दा करिब १२,१५ लाखको लगानि पुग्यो होला ।”
उनले केहि महिना अघि मात्र १ लाख भन्दा बढिको बाख्रा बेचेको सुनाउँदै भनिन् : “यि कुखुरा त बेच्न भन्दा पनि घरमै खानलाई हो, काम गरेसि खाननि पर्यो । श्रीमानको कमाईले घडेरी जोडेकी छु, मेरो कमाईले घर चलाउँदै फर्म बढाउँदै लगेँ, अब यहाँ खासै लगानि लगाउनु पर्ने छैन, फाईदा लिने बेला बल्ल आको छ । अहिले भएका यि सबै बाख्रा, कुखुरा, हाँस सबै फाईदा नै हुन् भन्दा पनि भयो ।”
सेतापानि भन्ने स्थानमा एउटा वाख्रा वाट सुरु गरेकि ताराको फर्ममा ५० बढि बाख्रा मात्र छैनन्, आम्दानिको राम्रो स्रोत, सुन्दर भविष्यको बाटो र आत्म सन्तुष्टि छ । उनले कुरै कुरामा भनिन् : “हिजोका ति सबै संघर्ष सम्झिँदै ल्याउँदा त मैले खासमा यि बाख्रामा नै मेरो जिन्दगी भेट्टाएकि छु ।”
कसैले बाख्रामा पनि जिन्दगी देख्न सक्छ र ? हामिले जिज्ञासा राख्यौँ, उमेरले ३८ पार गरिसकेको, पातलो र फुर्तिलो शरिरलाई तन्काउँदै, आँखाको चश्मा माथि सारेर, ताराले एक साहित्यकारले जस्तो जवाफ फर्काईन् : “जिन्दगीको परिभाषा के हो ? भन्नुस् त, मेरो वुझाईमा स शरिर जिवित छु भन्ने आभास हुनु मात्र पनि जिन्दगी हो, होईन र ? त्यो आभास भित्रको सन्तुष्टि आत्म सन्तुष्टि, हो मैले यि (खोरका बाख्रा देखाउँदै) बाख्राको हेरचाहमा, यिनिहरुको पालनमा साँच्चिनै त्यो सन्तुष्टि पाएकि छु, त्यसैले भनेकि हुँ, यि बाख्रामा आफ्नो जिन्दगी देखेकि छु ।”

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको