धर्मगुरु भनिने विवादित व्यक्तिलाई सिजिले शाश्वत्धाममा ल्याउँदै (धीरेन्द्रकृष्ण शास्त्रीका विवादित कुरा)

शास्त्रिले कथा वाचनको समयमा महिलाको लागि भनेका थिए : “जिन महिलाओं की मांग में सिंदूर और गले में मंगलसूत्र नहीं है, उनके बारे में हम समझते हैं कि यह प्लॉट अभी खाली है।’’ अर्थात जुन महिलाले मंगलशुत्र र सिंदुर लगाएकि छैनन्, ति महिलालाई देख्दा, यो खालि जग्गा रहेको भान हुन्छ ।
एनसञ्चार संवाददाता, साउन २८, कावासोती : चर्चित तर विवादित छवि बनाएका भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीले नेपालको सिजि ग्रुपद्धारा निर्मित शाश्वत धाममा प्रवचन दिने भएका छन् । नेपालको ठूलो व्यापारिक घराना चौधरी समूहले उनलाई नेपाल ल्याउन लागेको हो । चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक समेत रहेका शास्त्रीलाई नवलपुरको दुम्कौलीमा रहेको शाश्वत धाममा ल्याउन लागेको शाश्वत धामका व्यवस्थापक अशोक घर्तीले बताए ।
धामका व्यवस्थापक घर्तीका अनुसार शास्त्री शास्त्री भदौ १ मा नेपाल आएर पशुपतिनाथको दर्शनपछि नवलपुर आउने र भदौ २, ३ र ४ गते कथा वाचन गर्नेछन् । उनी र उनीसँगै आउने करिब ६० जनाको समुह कथा वाचन अवधरिभर चौधरी ग्राम परिसरमै बस्ने पनि बताएको छ ।
शाश्वत धाम चौधरी समूहको उद्योग ग्राम परिसरमा रहेको छ । त्यहाँ पण्डाल लगाएर एक दिनमा करिब ११ हजार जनाले कथा सुन्न मिल्ने गरेर स्टेज तयार गरिएको छ । साथै उक्त कार्यक्रमलाई विभिन्न मिडिया र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणको व्यवस्था समेत गर्न लागिएको व्यवस्थापक घर्तिले बताए ।
धीरेन्द्रकृष्ण शास्त्रीका विवादित कुरा :
भारतीय धर्मगुरु भनिने धीरेन्द्रकृष्ण शास्त्रीले जातीय छुवाछुतलाई दुरुत्साहन गरेको एवं धार्मिक विद्वेष फैलाउँदै आएको आरोप लाग्ने गरेको छ । उनले भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास फैलाएर भक्तजन ठग्दैआएको भनेर उनको आलोचना समेत हुने गरेको छ ।
धीरेन्द्रकृष्णले कथावाचन गर्दा मञ्चमै आफूलाई ढोग्न आएकालाई ‘अछूत’ भनेर छुनबाट रोकेको तथा आदिवासी समुदायलाई ‘जङ्गली’ भनेको घटनाले पनि भारतिय सञ्चारमाध्याममा प्रमुख स्थान पाएका थिए ।

धीरेंद्रकृष्ण शास्त्री
धार्मिक सहिष्णुता कायम रहेको नेपालमा यस्ता विवादास्पद व्यक्तिलाई कथा वाचन गराउन सत्तारूढ कांग्रेसका सांसदसमेत रहेका उद्योगी विनोद चौधरीको समूहले नेपाल ल्याउन लागेको हो। धीरेन्द्रकृष्णको अराजकता यति मात्रै सीमित छैन, उनी आफूलाई धर्मगुरु भन्दै धार्मिक सभामा भक्तजनको भूतप्रेत भगाउने भन्दै उपचार गर्न बोलाउँछन्। उनको सभामा ‘भूत–प्रेतलाई मानिसको शरीरबाट निकाल्ने भन्दै भक्तजनमाथि दुर्व्यवहारसमेत हुनेगर्छ।
हिंसा भड्काउने खालका घृणास्पद अभिव्यक्ति दिएकै भरमा उनी भारतको केही ठाउँमा चर्चित छन्। ‘हिन्दूस्तानमा रहना है तो सीताराम कहना है’ अर्थात् ‘भारतमा बस्ने हो भने भजन गाउनुपर्छ’ भन्दै धार्मिक विद्वेष फैलाउँदै आएका छन्। उनले ‘मुस्लिमलगायत अन्य समुदायलाई भारतबाट लखेट्नुपर्छ’ भन्दै सद्भाव बिथोल्ने दुष्प्रयास गर्दैआएका छन्। त्यही कारण धीरेन्द्रकृष्णलाई अतिवादी हिन्दूहरूले साथ दिएका छन्।
गत मेमा पटनामा आयोजित धीरेन्द्रकृष्णको सभा रोक्न भन्दै स्थानीले माग गरेका थिए। त्यहाँकै सत्तारूढ दलका नेताहरूले विरोध गरेको थिए । त्यसका बाबजुद पनि सभा चलेको थियो।
त्यस्तै शास्त्रि विरुद्ध भारतको आजाद अधिकार सेना संगठनका राष्ट्रीय महासचिव नूतन ठाकुरले ग्रेटर नोएडामा आयोजित भागवत कथा वाचनको समयमा महिलाहरुलाई अपशब्द बोलेको भनेर भारतिय महिला आयोगमा उजुरि समेत दिएका छन् । शास्त्रिले कथा वाचनको समयमा महिलाको लागि भनेका थिए : “जिन महिलाओं की मांग में सिंदूर और गले में मंगलसूत्र नहीं है, उनके बारे में हम समझते हैं कि यह प्लॉट अभी खाली है।’’ अर्थात जुन महिलाले मंगलशुत्र र सिंदुर लगाएकि छैनन्, ति महिलालाई देख्दा, यो खालि जग्गा रहेको भान हुन्छ । कुनै महिलालाई खालि जग्गा भनेर टिप्पणि गर्नु शास्त्रिको अराजकता भएको भन्दै उन्को चौतर्फि विरोध भएको थियो ।
धीरेन्द्रकृष्णजस्ता कट्टर धार्मिक मतका प्रवर्तकले प्रवचन दिँदा नेपालमा पनि विभाजक र विखण्डनकारी, जातीय धार्मिक विद्वेष फैलने खतरा रहेको समाजशासास्त्रीहरू बताउँछन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको