भेरोसेलको दोस्रो डोजबारे थाहा पाउनैपर्ने कुरा

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आइतबारदेखि लगाउन सुरु गरिएको छ । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्नेछन् । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिन्छ । अहिले रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी सात जिल्लामा यो खोपको दोस्रो डोज लगाउन सुरु गरिएको हो ।
खोप लिन जाँदा भिडभाड नगर्न, मास्क लगाउन र भौतिक दूरीको ख्याल गर्न सरकारले आग्रह गरेको छ । सरकारले जारी गरेका सबै सूचनाहरुमा दूरी कायम गर्ने, मास्क लगाउने, र भिडभाड नगरी खोप लगाउनुपर्छ भनेर स्पष्ट भनिएको छ ।
भिडभाड गरे, मास्क नलगाए र स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना नगरेमा कोरोना सङ्क्रमण थप फैलन सक्छ । भिडभाडमा को संक्रमित छन् ? को छैनन् भन्ने थाहा हुँदैन । यस्तो अवस्थामा सङ्क्रमण भएकाबाट अरु सङ्क्रमण नभएकामा पनि कोरोना भाइरस सर्न सक्छ । त्यही भएर सरकारले भने अनुसार जनस्वास्थ्यको अनिवार्य रुपमा पालना गर्नुपर्छ ।
यी जिल्लाहरुका स्वास्थ्य कार्यालयले खोप लगाउने समयतालिका प्रकाशित गरेका छन् । त्यही सूचना हेरेर आफ्नो पालो परेको दिन खोप लगाउन जानुपर्छ । यी बाहेकका जिल्लाहरुमा भेरोसिल खोप पठाइएको छैन । दुई लाख ९० हजार जतिलाई खोपको पहिलो मात्रा दिइएको छ ।
पहिलो डोज लगाउँदा पाएको खोप कार्ड लिएर केन्द्रसम्म गएर खोप लगाउन सकिन्छ । कोरोना भाइरसको सङ्क्रमण भएमा खोप लगाउन जानु हुँदैन । पहिला सङ्क्रमित नभएको बेला लगाइसकेको भए पनि पालो आयो भनेर खोप लगाउन जानु हुँदैन । सङ्क्रमितले एक महिनापछि खोप लगाउनुपर्छ । एक महिना कुर्नुपर्छ । पछि खोप पाइँदैन कि भनेर शंका गरेर जे सुकै होस् भनेर खोप लगाउनु हुँदैन ।
६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको पहिलो डोज खोप दिइए पनि दोस्रो डोज खोप लगाउन सकिएको छैन । अहिले खोपको अभाव छ । खोप ल्याउनका लागि सक्दो प्रयासहरु भइरहेका छन् ।
खोप ल्याउने बित्तिक्कै पहिलो डोज ल्याएर दोस्रो डोजको पर्खाइमा रहेका र एउटा डोज पनि खोप नपाएकाहरुका लागि लगाइन्छ । कसरी र कसलाई दिने भनेर पछि सूचना सार्वजनिक गरिन्छ ।
पहिलो डोज जुन कम्पनीको खोप लगायो, दोस्रो पनि त्यही डोज खोप लगाउनुपर्छ । पहिला कोभिसिल्ड लगाएकाले दोस्रो भेरोसिल वा पहिलो भेरोसिल लगाएकोले दोस्रो कोभिसिल्ड खोप लगाउनु हुँदैन ।
(स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमसँगको कुराकानीमा आधारित)

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव