सन्नी देओलको ऋण अक्षय कुमारले तिर्ने कुराको वास्तविकता

sanni

भदौ ६, काठमाण्डौ : बलिउड अभिनेता अक्षय कुमार कसैलाई सहयोग गर्ने कुरामा सधैँ अग्रसर हुन्छन् । यद्यपि, लामो समयदेखि उनका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हालै रिलिज भएको फिल्म ओएमजी २ ले पनि सन्नी देओलको फिल्म गदर २ सँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।

गदर २ का कारण अक्षयको फिल्मले कम स्क्रिन पाइरहेको छ । जसका कारण १० दिनपछि पनि फिल्मको कमाई ११० करोड मात्रै हुन सकेको छ । यस्तै गदर २ को विश्वव्यापी कमाई ५०० करोड सम्म पुग्ने भएको छ ।

यसैबीच भारतीय समाचार माध्यममा सन्नी देओलको ऋण तिर्न अक्षय कुमारले मद्दत गर्न लागेको खबर प्रकाशित भएका थिए । उक्त रिपोर्टमा अक्षय कुमारले सन्नीलाई ३० करोड भारु रकम सहयोग गर्न लागेको बताइएको थियो । यद्यपि, अब अक्षय कुमारका प्रवक्ताले यस खबरबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

सन्नीलाई अक्षयलाई सहयोग गर्न लागेका होइनन् :

ऋण तिर्नका लागि सन्नीलाई अक्षय कुमारले पैसा दिन लागेको खबर झुटो भएको अर्को खबर प्रकाशित भएको छ । अक्षय कुमारका प्रवक्ताले यसलाई अफवाहको संज्ञा दिँदै झुटो बताएका छन् ।

स्मरण रहोस्, सन्नीमाथि बैंकको लगभग ५५ करोड ऋण छ भनेर खबर आएको थियो । यो तिर्नका लागि उनको जुहुस्थित बंगला लिलामी हुने पनि बताइएको थियो । यद्यपि, बंगला लिलामी गर्ने नोटिसलाई बैंकले प्राविधिक समस्याका कारण फिर्ता लिएको बताएको छ ।