अर्जुनचौपारि गाउँपालिकाद्धारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

भदौ ०८, स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारि गाउँपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र बल पदको तयारीका लागि निःशुल्क तिन महिने कक्षा संचालन गरेको हो । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार तथा देशभक्ति युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताएका छन् ।

1
समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् । युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध भन्ने उनको भनाइ थियो । लोकसेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै गाउँपालिकाले युवाका लागि पहिलो चरणमा प्रहरी आर्मी तथा सशस्त्र बल पदको लोकसेवा तयारी कक्षा संचालन गरिरहेको पालिकाले जनाएको छ ।

3
गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँ युवाहरु खुसी भएको छन् । तयारी कक्षामा महिलाको भन्दा पुरुषको संख्या बढी रहेको छ । ३८ जना सहभागिहरुमा २४ जना पुरुष र १४ जना महिला सहभागी छन् । गाउँपालिकाले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको परीक्षार्थी अस्मिता वि.क.ले बताएकि छन् । यहाँका युवाहरुले लोक सेवा तयारी कक्षा लिनको लागि काठमाडौँ, पोखरा, बुटवल जानु पर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

राज्य सञ्चालनमा सुरक्षाकर्मिहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै अब हाम्रो गाउँपालिकाबाट पनि धेरै भन्दा धेरै युवा भाइबहिनीहररुलाई रोजगारीमा सहजिकरण गर्न यो तालिम उपयोगि भएको तिवारीले बताएका छन् । गाउँपालिकाले पहिलो चरणमा फिजिकल सम्बन्धि तालिम उपलब्ध गराइसकेको हुदा नेपाल प्रहरी,आर्मी तथा सशस्त्र बलको तयारीमा रहेका युवायुवतीलाई निशुल्क तालिम सञ्चालन गरेको र अब अर्को चरणमा खरदार, सुब्बा शिक्षक सेवा आयोगको पनि तयारी कक्षा सञ्चालन गर्ने अध्यक्ष तिवारीले बताएका छन । तयारी कक्षामा पालिकाका विभन्न वडाहरुका युवाहरुको सहभागिता रहेको छ । सहभागी परीक्षार्थीहरुलाई शिक्षक लाल के.सि., दिपक पौडेल तथा भु.पु.इन्डियन आर्मि रामु बिष्टले प्रशिक्षण दिइरहेका छन् ।