गौ हत्याको विरोधमा कावासोतीमा प्रदर्शन (भिडियो सहित)

22

एनसञ्चार संवाददाता, भदौ १०, कावासोती : धरानमा भएको गौ हत्याको विरोधमा नवलपुरमा प्रदर्शन भएको छ । सुनसरीको धरानमा भएको गौ हत्याको विषयलाई लिएर देशैभर द्धन्द्ध चर्कीएको अवस्थामा नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको सदरमुकाम कावासोतिमा हिन्दुवादि संघसंगठनहरु, नवलपुर युवा समाज लगायतले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् । कावासोतिको फलफुल चोकबाट निस्किएको र्यालि जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो ।

कावासोतीमा भएको विरोध प्रर्दशनमा विश्व हिन्दु युवा सङ नवलपुर अध्यक्ष लक्षु रिजाल, विश्व हिन्दु महासङ नगर अध्य्क्ष आनन्द राज चापागाइ, विश्व हिन्दु युवा सङ नवलपुर नगर अध्यक्ष सुदर्शन सापकोटा, विश्व हिन्दु महासङ जिल्ला अध्यक्ष थान प्रसाद भुर्तेल, कोटिहोम पिठाधिस दुर्गामन्दिरका गुरु खेच्चर नाथ पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

र्यालिमा संलग्न विश्व हिन्दु महासंघ सहितका संघसंगठनले गौ हत्या जस्तो जघन्य अपराधमा संलग्नहरुलाई कारबाहिको दायरामा ल्याउन जिल्ला प्रशासन मार्फत सरकारसँग माग समेत गरेका छन् । ज्ञापन पत्र बुझ्दै नवलपुरको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले समाजिक सद्भाव विपरितको कार्य कसैले पनि गर्न नहुने भन्दै गौ हत्यामा संलनको छानविन गरि कारबाहिको दायरामा ल्याउनुपर्ने मागलाई सम्बन्धित पक्ष सम्म पुर्याउने बताएकि छन् ।

धरानमा खास भएको के हो ?

धरानको पछिल्लो विवाद साम्प्रदायिक किसिमको छ । गोरु काटेर खाएको विषयबाट विवादित बन्दै गएको धरानको विषयले सामाजिक सञ्जाल बढि नै तातेको छ ।

हिजो (शनिबार) त्यस विरुद्ध विशाल धार्मिक प्रर्दशन भएको थियो । तर प्रशासनले निषेधाज्ञा जारी गरेसंगै शनिबार कसैले पनि धरानमा प्रर्दशन गर्न नपाएपनि अन्य क्षेत्रमा प्रर्दशन भएको हो । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि धरानमा निषेधाज्ञा जारी गरेको थियो ।

केही साताअघि गोरु काटेर सामूहिक भोज गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विवाद सुरु भएको हो । हुन त धरानमा गोरु काटेर खाएको विषय धरानेको लागि त्यति नौलो भने थिएन । तर, सार्वजनिक रूपमा गोरु काटेर भनेर हिन्दु धर्मावलम्बीहरूलाई चुनौती दिएको भन्दै यसबारे वादप्रतिवाद भएको थियो ।

गत साउन अन्तिम हप्ता, सामाजिक सञ्जालमा धरान– ११ स्थित मङ्गलबारेमा गोरु काटेर भोज गरेको भिडियो भाइरल भयो । खासमा गोरु काटेकै अभियोगमा प्रहरीले पक्राउ गरेका विन्द्राकुमार राई र राजन परियार थुनामुक्त भएपछि गोरु काटेर भोज लगाइएको थियो ।

गत साउन ९ गते धरान–१५ का राजन परियार र धरान–५ का विन्द्रा राईलाई ३० किलो गोरुको मासुसहित इलाका प्रहरी कार्यालय धरानले समात्यो । १७ दिनपछि धरौटीमा रिहा भएका राई र परियारलाई विभिन्न पहिचानवादी संघ संस्थाले सम्मान गरेपछि गोरुको मासुको भोज लगाइएको थियो । नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मङ्गलबारेमा सो कार्यक्रमको आयोजना गरेको थियो । सामूहिक भोजको भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि हिन्दु पक्षधर संघसंस्थाहरू विरोधमा उत्रिए । धरानभित्र ’अघोषित’ रूपमा चल्ने गरेको गोरु वधलाई सामाजिक सञ्जालले व्यापक सतहमा ल्याइदियो । यता प्रहरीले भने उक्त भिडियोमा देखाइएको मासु गोरुको नभएको जिकिर गर्दै आएको छ । उक्त स्थानमा प्रहरी टोली नै पुगेर थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।

भिडियो भाइरल भएपछि हिन्दुवादी संगठनहरूले गोरु काटेको विषयमा कडा विरोध गरेपछि विभिन्न आदिवासी जनजाति घटकहरूले पनि काउन्टर विज्ञप्ति निकालेका थिए । त्यसपछि पनि सामाजिक सञ्जालमा गोरु काटेको विषय मत्थर भएन । त्यही क्रममा हिन्दु धर्मका ’गुरु’ हरुले भदौ ९ गते शान्तिपूर्ण ¥याली गर्ने भन्दै धरानमा भेला हुन् आव्हान गरेपछि भने विभिन्न जातीय घटकहरूले काउन्टर कार्यक्रमसमेत सार्वजनिक गरे ।

नाममा सद्भाव ¥याली भने पनि दुवै पक्ष मुठभेड हुने ’दुर्भाव’ स्थितिको पुर्वआभास भने सामाजिक सञ्जालमा देखिन्थ्यो । जिल्ला प्रशासन कार्यालय सुनसरीले डेंगु नियन्त्रण गर्ने ’संक्रामक रोग ऐन २०२०’ को आवरणमा सम्भावित धार्मिक द्वन्द्वको संक्रमण रोक्न निषेधाज्ञा जारी गरेपछि भने झगडा टरेको छ ।

गोरु काटेर खाएको विवाद पछिल्लो दुई महिनाभित्रको दोस्रो शृङ्खला हो । केही समयअगाडी मात्र मन्दिरको सामुन्ने चर्च बनेसँगै दुई धार्मिक समुदायबीच विवाद बढेको थियो । द्धन्द्धलाई साम्य पार्न नगर प्रमुखले ध्यान दिनुको सट्टा उल्टै सामाजिक सञ्जालमा समुदाय भड्काउने अभिब्यक्ति नगर प्रमुख हर्क साङपाङले दिए पछि उनको चर्को आलोचना भइरहेको छ ।

के छ कानुनमा ?

संविधानले देश धर्म निरपेक्ष मानेता पनि गाईलाई राष्ट्रिय जनावर स्वीकार गरेको छ । नेपालको संविधानको धारा ९९३०ले गाईलाई राष्ट्रिय जनावर स्विकारी सकेको छ । धार्मिक त छँदै छ राष्ट्रिय जनावर भएको कारण पनि गाईलाई यो धर्म त्यो धर्म भन्नुभन्दा पनि हामी सबैको राष्ट्रिय जनावर भनेरसमेत संवर्द्धन र माया गरिनुपर्छ । उसो त कतिपय देशमा राष्ट्रिय जनावर भए पनि मार्ने चलन छ । अस्ट्रेलियामा बर्षेनी हजारौं कंगारु मारिने गरिन्छ । जापान, इन्डोनेसिया आइसल्याण्ड अईभरीकोस्ट लगायतका दर्जनौ देशहरुमा अहिले पनि राष्ट्रिय जनावर मारिने गर्दछन् । या कानुन तह नै मार्न छुट छ । तर, उनीहरुको नेपालको भन्दा के फरक छ भने न त्यी जनावरको त्यहाँ सामाजिक महत्व छ न कुनै त्यहाँको बहुसंख्यकहरुको धार्मिक आस्थासँग तिनीहरु जोडिन्छन् ।

अर्को कुरा फौजदारी कानुनले कुनै कुरा निषेध गर्छ भने त्यो गर्नु अपराध हो । पहिलाको मुलुकी ऐन र अहिले लागू रहेको मुलुकी अपराध ९संहिता० ऐन २०७४ ले गौहत्यालाई फौजदारी अपराध स्विकारी दण्डनीय बनाएको छ । सो ऐनको परिच्छेद २७ ले पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ । सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक गाई,गोरु मार्न वा कुटपिट गर्न नहुनी भनी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गरेमा वा गर्न लागि सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद भनी गाई गोरु मार्ने कार्यलाई कानुनतः दण्डनीय बनाएको छ ।

सोही दफाले गाई वा गोरुलाई कुटपिट अंगभंग पार्नेलाई ६ महिनासम्म कैद र अरू चोट पु¥याउनेलाई ५० हजारसम्म जरिवाना हुने सजाय समेत हेर्दा गाई गोरुलाई फौजदारी कानुनले समेत विशेष दर्जा दिएको पाइन्छ । सोही ऐनको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २२७ ले पशुकरणी गर्न नहुने भन्ने व्यवस्थासमेत यहाँ उल्लेख गर्न आवश्यक छ। सो दफाले गाई करणी गरे वा गराएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरि अन्य पशुकरणीको हकमा १ बर्ष मात्र कैद र १० हजार जरिवाना भनि व्यवस्था गरेको अवस्थासमेत विवेचना गर्दा नेपालको फौजदारी कानुनले गाईलाई छुट्टै दर्जा दिएको स्पष्ट हुन्छ । सनातन कालदेखि पुजिँदै आएको र गाईलाई पुज्नेको बाहुल्यता भएकाको देशमा धर्म निरपेक्षताको नाममा गाईमाथि राजनीति गर्न नहुनेको धेरैको धारणा रहेको छ । प्रचलित नेपालको कानुनबमोजिम गाई र गोरुलाई हानि नोक्सानी, चोटपटक वा हत्या गरिनु दण्डनीय छ ।

हेर्नुहोस् भिडियो :-

Facebook:

Youtube Full Video:

(5) गौहत्याको बिरोधमा हिन्दुवादी सस्थाहरुको बिरोध र्‍याली तथा नवलपुर प्रसासनमा ज्ञापन पत्र बुझाइदै ।। – YouTube