ओली सरकारले कुनै पनि हालतमा नीति/कार्यक्रम र बजेट पास गर्न सक्दैनः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले ओली सरकारले कुनै पनि हालतमा नीति कार्यक्रम र बजेट पास गर्न नसक्ने बताउनु भएको छ ।
मुलुक गम्भीर संकटमा फसेको बताउँदै भट्टराइले अन्त्यहीन राजनीतिक गतिरोध भएकाले बजेट पास गर्न नसक्ने बताउनु भएको हो ।
`ओली सरकारले नीति कार्यक्रम र बजेट पास गर्न सक्छः न वैकल्पिक सरकार बन्न`, उहाँले भन्नुभयो ।
भट्टराइले ट्विट गर्दै देश गम्भीर संकटमा फसेको उल्लेख गर्नुभएको छ । एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजीनतिक गतिरोधले देशलाई थप संकटमा धकेलेको उहाँले बताउनुभयो ।
संविधानका स्तम्भ एकएक ढल्दै गएको, सबै पार्टी/दल निरिह भएको भट्टराइको भनाइ छ ।
उहाँले भन्नुभयो, `संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्! बै पार्टी र नेता निरीह! सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?`

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता