टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चिकित्सकको मृत्यु
भदौ १२, मोरङ : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा आज बिहान भएको सवारी दुर्घटना हुँदा चिकित्सकको मृत्यु भएको छ।उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा टिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डाक्टर निरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको टिपर एकापसमा ठक्कर हुदाँ मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए।
उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समय पछि यादवको मृत्यु भएको थियो।
मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी