सम्पत्ति सकियो,श्रीमतिले एउटा मृगौला पनि दिईन् अब सोमैलाई कसले बचाईदेला ? (भिडियो)

भदौ १२, कावासोती :दुःख सुख जिन्दगीलाई डोर्याईरहेका गोपे दाईको सानो परिवारमा अचानक ठूलो बज्रपात पर्यो । परिवारको मुलि हुप्सेकोट गाउँपालिका वडा नं. ६ का गोप बहादुर सोमैको दुबै मृगौलाले काम गर्न छाडे पछि उनको परिवार हरप्रहर आँशु पिएर जिवन बाँच्ने संघर्समा दौडिईरहेको छ ।

उनले आफ्नो दर्दलाई मुटुमा गाँठो पारेर भने : “दुबै मृगौलाले काम नगरेपछि डाईलासिस गर्दा गर्दै भएको सम्पत्ति सकियो, सरसापट गरेर यिनले (आफ्नै श्रीमतिलाई देखाउँदै) दिएको एउटा मृगौला प्रत्यारोपण त भयो तर मेरो शरिरले त्यसलाई लिन सकिराछैन..।”

सोमैले प्रदेशबाट फर्केर स्वदेशमै सानो होटल व्यवसाय चलाएर गुजारा गर्दै थिए   दाजुभाई दिदिबहिनि अरु आफन्त पनि छन्, दाजुभाईहरु धेरै अगाडि बाटै आ आफ्नै व्यवस्था गरेकाछन् । आफ्नो भएको सबै सम्पत्ति सक्किएर, आफन्तको सहयोगले समेत नपुग्ने अवस्था आएपछि बाँच्ने अपेक्षा बोकेर  मिडियाको सहारा लिन आएको सोमैले बताएका छन् ।

यो भिडियो हेर्नुहोस्..

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १, मंगलवार १५:१९
    • 57 views
    पिठौली चौरमा यसवर्ष देखी माघी मेला सुरु, वर्षेनी मेला आयोजना गर्छौः अध्यक्ष गुरुङ्ग ।

    एन.सन्चार, कावासोती, माघ १, ०८१ : कावासोती नगरपालिका वडा नंम्वर १२ मा रहेको एकादसी मेला लाग्ने चौरमा प्रथम पिठौली मकर सक्रान्ती धार्मिक कार्यक्रम एवं मिनि मेला लागेको छ । धर्म,…

    विस्तृत.....

    • २०८१ मंसिर २५, मंगलवार १९:०१
    • 85 views
    जिल्ला स्वास्थ कार्यालय तनँहुको आयोजनामा सर्पदंश सम्वन्धी आधारभुत तालिम सम्पन्न ।

    एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश उपचार केन्द्रमा कार्यरत कर्मचारीका लागी आधारभुत तालिम कार्यक्रम सम्पन्न भएको छ । मंसिर २३ गते बाट देवचुली नगरपालिका स्थित दलदलेमा रहेको सहारा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *