कावासोतीका दुई जना संक्रमितको निधन

नवलरासी, ४ जेठ । पूर्वी नवलपरासीको कावासोतीका २ जना संक्रमितको ज्यान गएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार अनुसार कावासोती १६ निवासी ८२ बर्षीया महिला र कावासोती २ निवासी ६८ बर्षीय पुरुषको गएराति संक्रमणबाट निधन भएको हो ।
कावासोती २ निवासी ६८ बर्षीय पुरुषको गएराति १२ बजे मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
जेठ २ गते श्वास फेर्न गाह्रो भई मध्यविन्दु जिल्ला अस्पताल ल्याईएका ति पुरुषको सोही दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसैगरी कावासोती १६ निवासी ८२ बर्षीया महिलाको बैशाख २८ गते कोरोना पोजेटिभ देखिए पनि होम आइसोलेशनमै रहेका थिए । उनको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा मंगलबार विहान पौने ४ बजेतिर निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
दुवै जनाको शव व्यवस्थापनको तयारी भईरहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
सो सहित कोरोनाको दोस्रो लहर शुरु भए यता कावासोतीमा मात्रै १० जनाको निधन भएको छ भने नवलपुर जिल्लामा २५ जनाको निधन भएको छ ।
नवलपुरमा दोस्रो लहर शुरु भए यता कावासोतीमा मात्रै ४ सय ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ भने अहिले कावासोतीमा २ सय ६५ जना संक्रमित रहेका छन् ।
त्यसैगरी जिल्लामा १७१२ जना संक्रमित देखिएका छन् भने जिल्लामा अहिले १ हजार ८९ जना सक्रिय संक्रमित रहेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै