के धामि, झाँक्रिले पनि मानिसको उपचार गर्न सक्छन् ? (दुई भिडियो सहित)

rrrr

एनसञ्चार संवाददाता, भदौ १५, कावासोती :  नेपाली समाज र संस्कृतिका विभिन्न आयामहरुका बारेमा गहकिलो अध्ययन अनुसन्धान गर्ने विदेशी विद्वानहरुमा ग्रेगरी ग्याब्रियल मास्करिनेक अग्रणि थिए । अमेरिकाको हार्वड विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक रहेका ग्रेगरीले जुन १६, २०२२ मा क्यान्सरका कारण मृत्यु हुनु अगाडि नेपालको जाजरकोटमा रहँदा त्यहाँको परिवेश र अझ धामि झाँक्रिहरुले गर्ने उपचारविधिबाट निक्कै प्रभावित बनेका थिए ।

Maskarinec   : ग्रेगरी ग्याब्रियल मास्करिनेक

धामीझाँक्रीहरुका बारेमा प्रायः सवैजसो विदेशी विद्वानहरुको चासो रहेको देखिन्छ। धामीझाँक्रीकै बारेमा पनि धेरैले अध्ययन गरेका छन्। तर यति गहिराइमा गएर झाँक्रीमन्त्रहरुको अर्थ केलाउने चाहीं मास्करिनेक मात्र हुन्। उनी नै झांक्री–मन्त्रहरुको गहिराईमा डुबेर मोती टिप्न सफल भए। मास्करिनेकका अनुसार झाँक्रीहरुका मन्त्र, शैली, विश्वास र अभ्यासलाई उनीहरुकै संसारको सन्दर्भमा मात्र बुझ्न सकिन्छ । झाँक्रीहरुले मन्त्रहरुको मौखिक पाठको माध्यमबाट आफ्नै संसार श्रृजना गर्छन्, अदृष्य शक्तिसंग वार्ता गर्छन् र खल्बलिएको सामाजिक जगतमा एउटा सन्तुलन र व्यवस्था कायम गर्न मदत गर्छन् ।

झाँक्रीको उपचार गर्ने तरिका अझै पनि धेरैलाई रहस्यमय नै लाग्छ। ‘झाँक्रीहरुले के भन्छन् भन्ने थाहा नपाइकन उनीहरु को हुन् र के गर्छन भन्ने कुरा गर्नु व्यर्थ छ’। यस्तो भन्ने मास्करिनेकले बर्षौं लगाएर झांक्री–मन्त्रहरुको गहिरो अध्ययन गरे। अनि ‘रुलिङ अफ द नाइटः एन इथ्नोग्राफी अफ् नेपलीज शामन ओरल टेक्स्ट’ जस्तो उत्कृष्ट कृति लेखे जसका कारण उनलाई वीरेन्द्र प्रज्ञालंकारले समेत पुरस्कृत गरिएको थियो। पछि जाजरकोटमा संकलन गरेका झाँक्रीमन्त्रहरुलाई नेपालीमा र अंग्रेजीमा अनुवाद भएको द्विभाषी ग्रन्थ समेत प्रकाशन गरे । दुई भागमा प्रकाशित उक्त ग्रन्थको नाम पनि ‘नेपलीज शामन ओरल टेक्स्ट’ भन्ने रहेको छ । यस ग्रन्थमा उनले सार्वजनिकरुपमा उच्चारण गरिने मन्त्रका साथै व्यक्तिको कानमा फुसफुसाउने गोप्य मन्त्रहरुलाई समेत समेटेका छन् । उनको सह लेखनमा थुप्रै अनुसन्धानमूलक लेख रचनाहरु प्रकाशन भएका छन् । चिकित्सा मानवशास्त्रको विश्वकोषमा पनि नेपालको झांक्री परम्पराका बारेमा उनको लेख पढ्न सकिन्छ ।

झांक्री परम्परा पुरानो परम्परा हो । मान्छेले अदृष्य शक्तिमाथि धेरै पहिले देखि नै विश्वास गर्दै आएको छ । ग्रहदशा, मोहनी, कपट, दुष्टात्मा, भुतप्रेत, बाइबोक्सी, लागोभागो, चोखे लाग्ने जस्ता अदृष्य कुरामा विश्वास गर्ने, त्यसको अर्थ लगाउने र आवश्यक परेका बेला झाँक्रीले सुझाएको समाधान खोज्ने पुरानै प्रचलन हो । अझै पनि सपनामा जे देखेको छ ठ्याक्कै त्यस्तै हुने वा उल्टो हुने, बच्चाको सातो जाने, चोखे लाग्ने, ग्रहदशा विग्रने, मोहनी लाग्ने, भुतप्रेत लाग्ने जस्ता अदृष्य कुरामा जनविश्वास देखिन्छ ।

यस्ता कुराहरुको पारम्परिक हिसावले अर्थलगाउने र समस्या देखिएमा ज्योतिस, पण्डित, लामा, गुरुवा, झारफुके तथा धामीझाँक्रीकोमा जाने चलन रहि खाएको छ।नेपाली शव्दकोषले झांक्रीलाई ‘तन्त्रमन्त्रको प्रयोग गरेर झारफुक गर्ने र रोगीको उपचार गर्ने व्यक्ति’ भनेर परिभाषित गरेको छ । गाउँ समुदायमा कुनै व्यक्तिले मन्त्रहरुमा दखल राख्छ र उ संग अलौकिक शक्ति छ भन्ने विश्वास भयो भने मात्र झाँक्रीको मान्यता पाउँछ । समुदायको विश्वास, सहयोग र उत्प्रेरणा विना कुनै व्यक्ति झांक्री बन्न सम्भव देखिंदैन ।

धामीझाँक्रीहरुको उपचार बिधिमा ज्ञानिक तार्किकता नदेखेपछि यसलाई अन्धविश्वास भनेर व्याख्या गर्ने चलन पनि छ । तर यहाँ के स्मरणीय छ भने, धामीझाँक्रीहरुले पनि परम्परागत जडिबुटीको प्रयोग गर्ने, मालिस गर्ने, स्नान गराउने, हातले थपथपाउने, तातोले सेक्ने, मन्त्रले फुकेको वेसार पानी पिउन दिने जस्ता क्रियाकलाप गर्ने हुँदा सम्पूर्ण हिंसावले अन्धविश्वास भनिहाल्न भने सकिंदैन । आधुनिक चिकित्सा विज्ञानको नजरमा अर्थहिन, अवैज्ञानिक वा अन्धविश्वास लागेपनि झाँक्री उपचार सेवा लिनेहरुको नजरमा चाहीं उनीहरुको उपचार बिधि पनि उत्तिकै अर्थपूर्ण र वैज्ञानिक लाग्दो हो । कमसेकम मान्छेमा आत्मविश्वास बढाउन, पारिवारिक तथा सामुदायिक जीवनमा सन्तुलन ल्याउन तथा मनोसामाजिक स्वास्थ्यमा झाँक्रीहरुको भूमिका सहयोगी नै रहेको ठानिन्छ । झाँक्रीहरुले दिने जस्तो स्वास्थ्य सेवा चिकित्सकहरुले दिन नसक्ने हुँदा पनि उनीहरुको आवश्यकता र सान्दर्भिकता देखिन्छ ।

आज समग्र लोक चिकित्सा पद्धतिकै आलोचना हुने गरेको अवस्थामा झाँक्रीहरुको उपचार बिधिलाई आलोचनामुक्त बनाउन थप प्रयासको खाँचो चाहीं देखिन्छ। झांक्री परम्परा अहिले सांस्कृतिक परम्पराकारुपमा संसारका विभिन्न भागहरुमा पुनः देखा पर्दैछ । दक्षिण कोरिया, चिन, अमेरिका लगायतका विभिन्न स्थानमा झाँक्री परम्परा पुरै मुर्झाएको थियो । कतिपय देशमा त प्रतिबन्ध समेत लागेको थियो । तर अहिले उक्त परम्परालाई फेरी जोगाउन खोजिएको छ । झाँक्री परम्परालाई मनोसामाजिक स्वास्थ्यमा योगदान पु¥याउन सक्ने एउटा उपचार बिधिकारुपमा मात्र नभएर सांस्कृतिक पहिचानको अभिव्यक्तिकोरुपमा समेत प्रस्तुत गर्न खोजिएको छ ।

हामीकहाँ पनि विभिन्न सांस्कृतिक तथा पर्यटन महोत्सव हुँदा निकालिने झाँकीेहरुमा रौनकता थप्न झाँक्रीहरुलाई पनि सहभागी गराउने गरिएको छ । मास्करिनेक जस्ता पश्चिमा विद्वानहरुले झाँक्रीहरुको मन्त्रको महत्व देखे । यसकै अध्ययनमा जीवन सर्मपण गरे तर हामी भने आफ्नै समुदायमा रहेको जीवित परम्परालाई मृत देख्न लालायित छौं । आफ्नो पहिचानलाई अन्धविश्वासको पट्टी बाँधेर विज्ञानको तरवारले काट्न लागि परेका छौं। यहाँ झांक्री उपचारको परम्पराभित्रका कुरीतिलाई आँखा चिम्लनु पर्छ भनेर किमार्थ भन्न खोजिएको होइन । तर झाँक्री उपचारका सवै क्रियाकलापहरुलाई सोलोडोलोरुपमा अन्धविश्वास भन्दै निस्तेज गर्ने जुन प्रवृत्ति देखिएको छ त्यो चाहीं विवेकसम्मत देखिंदैन ।
(माथिको लेख चिकित्सा मानवशास्त्रि डा. बामदेव सुवेदिले लेखेको लेखको संपादित अंश हुन् …)

पहिले यो हेर्नुहोस्….

सामाजिक सञ्जालहरुमा आईरहने विभिन्न तान्त्रिक, धामि, झाँक्रिका भिडियोहरुले पनि पूर्विय सभ्यताको एउटा अलग चिनारिको रुपमा रहेको तन्त्र विद्या, धामि झाँक्रि र पूर्विय आर्युवेद ज्ञानको एथार्थताहरुको खोजि र अनुसन्धान र यसको जगेर्ना गर्नुपर्नेमा बल दिएको पाईन्छ । यसै सन्दर्भमा हामिले आँफुलाई तान्त्रिक वैद्धवावाको रुपमा परिचित गराएका चितवनको एक तान्त्रिक वैद्ध वावाको ठेगाना पत्तालगायर, उनकै वासस्थानमा पुगि उनको तन्त्र विद्या र आयुर्वेद ज्ञानवारे केहि सोध र खोजको प्रयास गरेका छौँ ।

चितवनको भरतपुर महानगरपालिका ११, बसेनि, कौलाशटोलका वासिन्दा हुन् देवघाट तान्त्रिक वैद्ध बाबा । नागरिकताको नाम बताउन नचाहेका उनले यसैनामबाट आँफुलाई चिनिदिन अनुरोध गरे । विं.सं. २०२१ साल भदौ ५ गतेका दिन आफ्नो जन्म भएको बताउने बाबाले बालापनमै शरिरमा दैविक शक्तिको प्रभाव वढेकोले अध्ययनलाई कक्षा ८ पछि निरन्तरता दिएनन् । बाजे बराजुदेखि नै आफ्नो परिवारले धामि झाँक्रि र वैद्धको काम गर्दै आएको दावि गर्ने उनले आफ्नो पिता पुर्खाको पाईलालाई पछ्याएको बताउँछन् । उनले सानै उमेरदेखि बाउबाजेसँग मात्र नभई भारतको देहरादुन, हरिद्धार, गुजरात लगायत स्थानका मठ मन्दिरमा गई, भारतिय गुरुसँगै नेपालि गुरुहरुबाट समेत ज्ञान लिएको दावि गर्छन् ।

विगत ४० वर्ष अगाडि देखि नै देशका विभिन्न ठाउँमा पुगि मानिसहरुलाई आयुर्वेदिक औषधि खुवाउने देखि तन्त्र मन्त्रद्धारा समेत समस्याहरुको समाधान दिएको उनको दावि छ । विषेश गरि शरिर काम्ने, एकोहोरो पन, मन चल्बलाउने, ढाड कम्मर दुःख्ने, महिलाको महिनावारी गडबढि, तल्लोपेट दुख्ने, आँङ्खस्ने, रगत बगिरहने, बाँझोपन, नि शन्तान, पाठेघरको समस्या, ग्याष्ट्रिक, गानो, गोला, पायल्स, पेट सम्बन्धि रोग, यौन सम्बन्धि रोगहरुको समेत सफल उपचार गरेको उनि बताउँछन् ।

उनले कयौँ घरबार विग्रिएकाहरुको घरबार मिलाईदिएको भन्दै धेरै व्यक्तिहरुले आफ्नो कार्यसफलताको प्रमाण दिन सक्ने बताए । नेपालको विभिन्न भागमा पाईने जडिबुटिहरु (गाईखुरे, पाखनवेद, सौलका बोक्रा, अशोगन्धा, पदमचाल, ठूलो ओखाति, हर्रो, बर्रो, अमला, जटामसि, कालो मुस्लि, चौटाजो, नुनढिके, सिखारि दाह्रा, हर्जु, सिलाजित) मिश्रण गरि औषधि बनाउने गरेको र यसकोलागि जडिबुटि बेचविखनकोलागि नेपाल सरकारबाट अनुमति नै लिएर कार्य गरेको उनले बताएका छन् ।
यो हेर्नुहोस् पुरा भिडियो…