चन्द्रयान–३ को सफलता पछि सुर्य तर्फ जाँदै भारत

भदौ १६, एजेन्सी : भारतले चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गराएको एक हप्तामै सूर्यको अध्ययनका लागि नयाँ मिसन प्रक्षेपण गर्दैछ। आदित्य एल–वान नाम दिइएको मिसन शनिबार बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटाबाट प्रक्षेपण गर्न लागिएको भारतीय अन्तरिक्ष संगठन इस्रोले जनाएको छ।
यो मिसनले सूर्यको सबैभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ। यो मिसनलाई पीएसएलभी–एक्स एल रकेटबाट प्रक्षेपण गर्न लागिएको र सूर्यबाट १४.८५ करोड किलोमिटर दूरीमा पुगेर तस्विर संकलन गर्ने जनाइएको छ । पृथ्वीबाट सूर्यको दूरी १५ करोड किलोमिटर छ। भारतले पठाउन लागेको आदित्य एल–वान मिसन झण्डै ६१ लाख किलोमिटरको दूरी तय गरेर सूर्य र पृथ्वीबीचको सिधा रेखामा १५ लाख किलोमिटरको दूरीमा पुग्नेछ।
पृथ्वीबाट १५ लाख किलोमिटर टाढादेखि सूर्यको गुरुत्वाकर्षण शक्तिको प्रभाव क्षेत्र मानिन्छ । ल्यागरेन्ज पोइन्ट भनिने शून्य गुरुत्वाकर्षण क्षेत्रसम्म पुगेर भारतीय अभियानले सूर्यसम्बन्धी नयाँ तथ्य खोजी गर्ने वैज्ञानिकले बताएका छन्। सूर्य अत्यन्त ताप भएको ग्रह हो। त्यसैले कुनै पनि मिसन सूर्यको नजिक जाँदा पग्लिएर नष्ट हुन्छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको