१६ भदौ ,काठमाडौ । काठमाडौको युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेज र जापानको प्रतिष्ठित इन्जिनियरिङ्ग कम्पनी आइ एम ए सि इन्जिनिरिङ्ग प्रालि विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जापानमा व्यवसायिक शिक्षा र प्रशिक्षण भि इ टी तथा व्यावसायिक वृद्धि यू इ एस सि का विद्यार्थीहरुका लागी यो सम्झौता एउटा महत्वपुर्ण आयाम तय हुन सक्ने युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेजका प्रिन्सिपल ई.डा. भेष राज थापाले जानकारी दिए ।
हस्ताक्षर कार्यक्रममा अध्यक्ष पुर्ण भद्र अर्याल, आइ एम ए सी इन्जिनियरिङ्ग प्रालि का अध्यक्ष योशिहितो यामागुची तथा निर्देशक मासाकी ओसाकी लगायतको उपस्थिती रहेको थियो ।
यो रणनितिक साझेदारीबाट विद्यार्थीहरुका लागी व्यावहारिक शिक्षा र प्रशिक्षणका लागी लाभ हुने अपेक्षा गरिएको छ ।
जापानमा कम्तिमा ३ वर्षको अन द जव तालिम तथा व्यावहारिक अनुभवलाइ विशेष महत्व दिइने भएका कारण पनि यो सम्झौता प्रभावकारी रहने वताइएको छ । यो सहकार्य मार्फत नेपाल तथा जापान विचको सम्वन्धमा मितव्ययिता आउनुका साथै शैक्षिक र व्यावसायिक प्रर्वद्धनमा समेत महत्वपुर्ण कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ साथै विद्यार्थीहरुको भविष्य निर्माणमा यो सम्झौता अत्यन्तै महत्वुपुर्ण रहने विश्वास गरिएको छ ।