भारतीय बैंकका गभर्नर दास विश्वकै उत्कृष्ट

भदौ १७, काठमाडौं : भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई०’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा परेका छन् । आरबीआई गभर्नर दासलाई अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो ।
‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको आरबीआईले एक्स ९ट्वीटर० मार्फत जानकारी गराएको छ । दासपछि स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामका गुएन थि होङ उत्कृष्ट सूचीमा परेका छन् । ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ ।
यस्तै, ब्राजिल, मौरिसस, इजरेल, न्युजिल्याण्ड, पेरु, प्याराग्वेर उरुग्वेका गर्भनर भने ए ग्रेडमा परेका छन् । ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैंकर रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको