हुप्सेकोटका सोमैको दुबै मृगौला फेल भएपछि जिवन बचाईदिन अपिल

एनसञ्चार संवाददाता, भदौ २०, कावासोती : नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ६ का गोप बहादुर सोमैको दुवै मृगौला फेल भएपछि आफ्नो जिवन बचाईदिन सार्वजनिक अपिल गरेका छन् । करिब २ वर्ष अगाडिदेखि दुवै मृगौलाले काम गर्न छोडे पछि गम्भिर समस्यामा परेका सोमै यतिबेला उपचाररत छन् ।

1

जिवन मरणको संघारमा पुगेका सोमैले उपचार गर्दा गर्दै भएको सबै सम्पत्ति समेत सकिईसकेको बताएका छन् । उनले अहिले पनि उपचारमा हर महिना लाखौँ रकम खर्च गरिरहनुपरेको एवं मृगौला प्रत्यारोपणलाई सफल बनाउन अझै लाखौँ खर्च लाग्ने भएकोले आफ्नो जिवन बचाईदिन उनले अपिल गरेका हुन् । उनले देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई दिदि बहिनिहरुलाई आ आफ्नो ठाउँबाट सकेको सहयोग गरिदिनु हुन सम्पूर्णलाई विनम्रताका साथ अनुरोध गरेका छन् ।

2

काठमाण्डौमा रहेको किस्ट मेडिकल कलेज टिचिङ् हस्पिटलमा उपचाररत रहेका सोमैले अपिलमा भनेका छन् : “तपाईको सानो सहयोगले पनि मलाई ठूलो राहत हुनेछ, सकेको सहयोग गरि मलाई नयाँ जिवन दिनुहुन सबै सबैमा अनुरोध गर्दछु ।”

भिडियो….