५१ वटा विद्युतीय चार्जिङ स्टेशनको एकैपटक उद्घाटन(सूचीसहित)/अब निजी क्षेत्र आउनुपर्ने कुलमान घिसिङको भनाई

भदौ २०, काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरे ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअपतथा कार र २५ वटामा साना ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।
यसैबिच, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्ने बताएका छन् । चार्जिङ स्टेशनको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीसाधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारका लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको बताएका हुन् ।

Kulman Ghising
निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारका लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताए । उनले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाइको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सुविधामा प्राधिकरणले लगानी गर्ने प्रतिबद्धता जनाए । निर्देशक घिसिङले विद्युत् प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एकसाथ उद्घाटनले देशभर विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । पछिल्लो समय माइक्रोबस, ट्याक्सी र व्यक्तिगत सवारीसाधन गरी धेरै विद्युतीय सवारीसाधनको प्रयोगमा वृद्धि भएको उनको भनाइ छ ।
घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताए । उनले चार्जिङ स्टेशनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिब १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा ६ हजार लाग्ने ठाउँमा ४ सय रुपैयाँले पुग्ने अवस्था रहेको बताए । उनले विद्युतीय सवारीसाधनको प्रवर्द्धनले नेपालको विद्युत् नेपालमा नै खपत हुने बताए । उनले विद्युतीय सवारीसाधनको विकाससँगै पेट्रोलिय पदार्थको आयात कम हुने, व्यापार घाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने उल्लेख गरे । उनले आगामी दिन नेपालको ग्रिन ऊर्जामा रुपान्तरण भएर नेपालको अर्थतन्त्रलाई राम्रो योगदान पुग्ने अपेक्षा रहेको बताए । उनले प्रधिकरणले अझै ११ वटा थप विद्युतीय चार्जिङ स्टेशन बिस्तार गर्ने बताए ।
कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय सवारीसाधनको प्रवर्द्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत् देशभित्रै खपत हुने बताए । उपाध्यक्ष सिटौलाले विद्युतीय सवारीसाधनलाई सरकारले प्रोत्साहन गरी पूर्वाधार तयार गरे मुलुकमा उत्पादित विद्युत्लाई विदेश निर्यात गर्न नपर्ने बताए । उनले विद्युतीय सवारीसाधनको विकास र बिस्तारका लागि विद्युतीय चार्जिङ स्टेशन देशभर ५१ वटा मात्रै नभएर ५१ हजार हुन आवश्यक रहेको बताए । सार्वजनिक विद्युतीय सवारीसाधनका लागि सरकारले सम्पूर्ण विद्युतीय पूर्वाधार तयार गर्न आवश्यक रहेको दाबी गरे । उनले सार्वजनिक विद्युतीय ठूला बसका लागि सानो ठाउँमा चार्जिङ स्टेशनले काम नगर्ने बताए ।
क्र.सं. स्थान जिल्ला सङ्ख्या
१ धार्के धादिङ २
२ मुग्लिङ चितवन १
३ साझा सेवाबल्खु काठमाडौं २
४ साझा सेवापुल्चोक ललितपुर १
५ नेपालविद्युतप्राधिकरण, रत्नपार्क काठमाडौं १
६ नेपालपुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १
७ पारस बसपार्क चितवन २
८ खुर्कोट सिन्धुली २
९ सिन्धुलीबसपार्क सिन्धुली १
१० इलाकाप्रहरी कार्यालय बर्दिबास महोत्तरी २
११ हरिवन सर्लाही २
१२ इनरुवाबसपार्क सुनसरी १
१३ प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २
१४ कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २
१५ पर्यटक बसपार्क पोखरा कास्की १
१६ दमक बसपार्क झापा २
१७ बेलकानगरपालिका उदयपुर २
१८ बिर्तामोड बसपार्क झापा २
१९ सुर्खेत बसपार्क सुर्खेत २
२० हेटौडा, रातमाटे मकवानपुर २
२१ विद्युतप्राधिकरणतालिम केन्द्र खरिपाटी भक्तपुर १
२२ प्रहरी पेट्रलपम्प, सामाखुसी काठमाडौं २
२३ बेगनास ताल, पोखरा कास्की १
२४ बुटवलबसपार्क रुपन्देही २
२५ इटहरी सुनसरी १
२६ विराटनगर मोरङ १
२७ कोहलपुर नयाँबसपार्क बाँके २
२८ धनगढी कैलाली २
२९ त्रिशूलीहावा घर नुवाकोट १
३० बट्टार, त्रिशूली नुवाकोट १
३१ कुश्मा पर्वत १
३२ लमहीबसपार्क दाङ २
३३ लम्की कैलाली १
जम्मा ५१
स्रोत: नेपाल विद्युत प्राधिकरण ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको