कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी हान्ने राजावादि सापकोटा भएको खुलासा

भदौ २०, काठमाडौँ : कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति राजावादी भएको खुलेको छ । आफूलाई अभियन्ताको रुपमा चिनाउने उनी राजावादी भएको प्रहरीले जनाएको छ । रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भएका श्याम बहादुर सापकोटाले सांघातिक आक्रमण गरेका थिए ।
धारिलो हतियार खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ भने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका एक प्रत्यक्षदर्शीले सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । यस्तै उनले भ्रष्टाचार र कुशासनको पक्षमा पनि नाराबाजी गरेका थिए । प्रहरीले घटनाबारे जानकारी दिँदै संक्षिप्त नोटमा पनि उनले आफूलाई राजावादी बताएको उल्लेख छ ।
रिपोटर्स क्लबका प्रतिनिधि ईश्वर कार्कीले यादवले रिपोटर्स क्लबमा यादवसहितका नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा धवलशमशेर राणासँगै बाहिरिएका थिए । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको कार्कीको भनाइ छ ।
आक्रमणकारी सापकोटाले कार्यक्रम अवधिभर क्लबभित्रै बसेर भाषण सुनेका थिए । उनले आफूलाई अभियन्ताको रुपमा चिनाउने र कार्यक्रमहरुमा सहभागी हुने गरेको पाइएको कार्कीको भनाइ छ । क्लबबाट यादव बाहिरिएसँगै उनले पिछा गर्दै एकाएक आक्रमण गरेको बताइएको छ। ट्रमा सेन्टरमा उपचाररत यादवलाई उनले झोलाबाट खुकुरी निकालेर प्रहार गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै कार्कीले बताए । यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको छ । सापकोटालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको