संकेत एफ एफले यसबर्ष पनि तिज गित प्रतियोगिता आयोजना गर्ने ।

एन सन्चार: गैंडाकोट, भदौ २१ । नेपाली नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा रेडियो संकेत ९३ मेघाहर्जले यो वर्ष पनि बृहत तिज गित प्रतियोगिता २०८० कार्यक्रम गर्ने भएको छ । नवलपुर जिल्लाभर बाटै सहभागिता आव्हान गर्दै भदौ २९ गते कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
कला संस्कृति लाई संरक्षण गर्दै वषौं देखि गर्दै आएको प्रतियोगिता लाई निरन्तरता दिदै यस वर्ष पनि तिज गित प्रतियोगिता २०८० कार्यक्रम गर्न लागिएको रेडियो संकेतका स्टेशन प्रबन्धक सुजन अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा क्रमशः प्रथम हुने समुहले १५,००० हजार , द्धितिय हुने समुहले १०,००० हजार , तृतिय हुने समुहले ५,००० हजार र सान्त्वना हुने समुहले ३००० नगद पुरस्कार पाउनेछन ।
राष्ट्रिय तथा स्थानीय कलाकार हरुको प्रस्तुति रहने कार्यक्रममा नवलपुर भरिका संघ,सस्था,कलेज महिला समुह हरुले सहभागिता जनाउन सक्नेछन । कार्यक्रमको बिषय वस्तु खुल्ला रहेको र समुहमा सात देखि दस जना सम्म रहन सक्नेछन ।
प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक समुहले भाद्र २८ गते सम्म समूह दर्ता गराइसक्नुपर्ने सह आयोजक सस्था मनकामना आमा समूहका अध्यक्ष बिष्णु अर्यालले जानकारी दिइन ।

सोमवार, भदौ २५, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको