
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सिमामा गोल्लि चल्दा घाइते भएको एक जना युवाको उपचारको क्रममा मृत्यु भएको छ। सशस्त्र प्रहरीले चलाएको गोलीबाट प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभरलाई खुट्टामा गोली लाग्दा गम्भिर घाइते भएका थिए ।
घाइते युवक अविनाश राजभरको शहिद स्मृती सामुदायीक अस्पताल चौपतामा उपचार पठाइएको थियो । सो अस्पतालमा उपचार हुन नसकेपछि बुटवल स्थित सिटी असिपतालमा रिफर गरिएको थियो ।
सिटी अस्पतालका चिकित्सकहरुले राजभरलाई जॉच्ने क्रममा मृत घोषणा गरेका हुन् । त्यस्तै वर्ष ३० को बिनोद राजभर सशस्त्र प्रहरीको लौरोको प्रहारले घाइते भएको छन् । प्रतापपुर गाँउपालिका वडा नं। ६ कङ्गलीखोलाको पुर्व तर्फ आज बिहान २ जना युवक भारततर्फ आवश्यक सामान लिन जान खोज्दा सिमामा खटिएका सशस्त्र प्रहरीटोलीले रोक्न खोज्दा विबाद सिर्जना भएपछी स्थानियहरु जम्मा भई प्रहरीसंग केही समय झडप भएपछि सशस्त्र प्रहरीले ५ राउण्ड गोली प्रहार गरेको स्थानिय बताउँछन् ।
बुधबार बिहान तीनरचार जना युवक प्रतापपुर ६ को कठहवा नाका खेतकोबाटो हुदै भारत तर्फ जान खोज्दा शसस्त्र प्रहरीले रोक लगाएपछि विवाद सृजना भएको स्थानीय वताएका छन् । पछि गाँउका ५०र६० जना मानिस एकै पटक आएपछि प्रहरीले स्थीतिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक महेस अधिकारीले जानकारी दिनुभयो ।
स्थानियले प्रहरी माथी ढुंगा मुडा गरेपछि बाध्य भएर गोली चलाउनु परेको शसस्त्र प्रहरीले जनाएको छ । घटनामा शसस्त्र प्रहरी तर्फ पनि दुई जना घाईते भएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थीतिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको बताउनुभयो । घटना पछि सो स्थानको स्थीति तनावपूर्ण बनेको थियो ।
कोरोना महामारीको समय भएकाले सिमाबाट आउजाउ गर्न कडाई गरिएको प्रशासनको भनाई छ । स्थानियले भने प्रहरीले ज्यादती गरेको गुनासो गरेका छन् ।