युनाइटेड गोल्ड कपको उद्घाटन खेलमा चोरमारालाई हराउँदै आयोजक विजयी

भदौ २२, कावासोती : युनाईटेड युवा क्लब हुप्सेकोटद्वारा आयोजित ३७ औं युनाइटेड गोल्डकपको उदघाटन खेलमा आयोजक क्लब विजयी भएको छ । चोरमारा युवा क्लब चोरमारालाई आयोजक युनाईटेड युवा कलबले ३ का विरुद्ध ४ गोलले पराजित गरेको हो ।

सरस्वती मा.बी. गिरुवारिको खेल मैदानमा संचालन भएको प्रतियोगिताको उदघाटन हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्ण सिंह रानाले गरेका थिए । रानाले खेलाडीहरुमा खेल कौशल सङ्गै अनुशासनको आवश्यकता रहेको बताए ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीको आयोजनामा शुुरु भएको युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७ औं संस्करणमा २० टिम सहभागी रहेका छन । प्रतियोगिताको विजेताले दुुई लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले एक लाख ३५ हजार पाँच सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर र अनुसासित टिमलाई समेत पुरस्कृत गरिने आयोजकले बताएको छ ।

भाद्र २३ गतेको खेल देवचुली नगरपालिका र द टाईगर युवा क्लब बेलुवा बिच हुने आयोजकले बताएको छ। निरन्तर ३७ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिईन्छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 30 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *