गएराति ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु, ३० घाइते

भदौ २३, दाङ : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन् । दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको हो ।
बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। यस्तै बसमा सवार ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको पनि मृत्यु भएको छ। यस्तै सोही नगरपालिका–७ का ६५ वर्षीय साधुराम थारुको पनि ज्यान गएको छ।
प्रहरीका अनुसार नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि मृत्यु भएको छ। घाइतेको उपचार कोहलपुरस्थित अस्पतालमा भइरहेको छ। डीएसपी डाँगीले बसमा ४१ जना सवार रहेको बताए। बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वाराकाउनीहरू दाङबाट बर्दिया जाँदै गरेका थिए।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको