हङकङमा शुक्रबार भएको वर्षा १ सय ४० वर्षयताकै ठूलो

Photo_hankang

भदौ २३, एजेन्सी : हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षा भएको छ। सन् १९५२ मा शुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन्। वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसन पानीमा डुबेका छन्। विद्यालय बन्द भएका छन्।

जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको विज्ञले बताएका छन्। अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ। अधिकारीका अनुसार हङकङमा बिहीबारदेखि भारी वर्षा भएको थियो र मध्यरातसम्म, शहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १५८।१ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो। यो १८८४ मा रेकर्ड शुरु भएयताको सबैभन्दा धेरै हो।

शुक्रबार अपराह्न अस्पताल प्रशासनले कम्तीमा ११० जना घाइते भएका र चार जनाको अवस्था गम्भीर रहेको जनाएको छ। अधिकारीहरूले आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् र आपतकालीन सेवाहरूले यस क्षेत्रका केही भागहरूमा उद्धार कार्य सञ्चालन गरिरहेका छन्।बढी र डुबानका कारण जनजीवन प्रभावित बनेपछि हङकङको स्टक एक्सचेन्जले शुक्रबारका सबै कारोबार रद्द गरेको छ।