२०८२ मंसिरभित्र महाधिवेशन गरेरै छाड्छौं : गगन थापा

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै छाड्ने बताएका छन् ।
कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था गरिएको छ । २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकाले १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ । तर क्रियाशील सदस्यता विवादले गर्दा कांग्रेसको महाधिवेशन विधानले तोकेको समयभित्र हुन सकेको छैन ।
पार्टीमा क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मेवारी महामन्त्री थापालाई छ । उनले २०८२ वैशाखअघि नै क्रियाशील सदस्यता टुंग्याउने दाबी गरेका छन् ।
चार वर्षभित्र महाधिवेशन हुँदा २०८३ सालमा सबै तहका सम्मेलन गर्न सकिने उनले बताए । तहगत सम्मेलनबाट तल्लो तहका संरचनाले निर्वाचनका लागि आफैं उम्मेदवार छान्न सकिने महामन्त्री थापाले बताए ।
टिकट वितरण गर्ने अधिकार क्रियाशील सदस्यलाई नहुँदा पार्टीमा गुटको राजनीति हुने गरेको उनको भनाइ छ ।

बुधबार, भदौ २०, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको