काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहिबार प्रधानमन्त्री दाहालले असोज ६ गते शनिबारदेखि चीनको भ्रमण गर्ने कार्यक्रम तालिका सार्वजनिक भएको गरेको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री दाहाल उतैबाट चीन भ्रमणमा जान लाग्नु भएको हो । प्रधानमन्त्री दाहालले २३ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म चीनको भ्रमण गर्नुहुनेछ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उहाँकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी) साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहनुहुनेछ । त्यसैगरी राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, लगायत रहनुहुनेछ ।
प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल यही ३० सेप्टेम्बरमा स्वदेश फर्कनुहुनेछ ।
