सरकार र शिक्षक महासंघबीच आज पुनः वार्ता हुँदै

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बिहीबार साँझ भएको वार्ता पनि निष्कर्षविहिन बने पछि शुक्रबार पनि पुनः वार्ता हुदैछ ।
शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग सरकारले बिहीबार दुई पटक वार्ता गरे पनि कुनै सहमति बन्न सकेन ।
वार्तामा धेरै विषय उठान भएको तर ठोस सहमतिको खाका नबनेको बताइएको छ । मन्त्रीहरुले शिक्षकहरुले उठाएका कतिपय माग संविधानसँग सम्बन्धित भएकाले तत्काल निर्णय गर्ने अवस्था नरहेको बताएका थिए । वार्तामा बसेका आन्दोलनकारी शिक्षकका प्रतिनिधिहरुले पनि आफूहरुले वृहत् रुपमा छलफल नगरी एकलौटी जवाफ दिन नसक्ने बताएपछि वार्ता निष्कर्षविहिन बनेको थियो ।
शुक्रबार विहान साढे नौ बजेपछि पुनः वार्तामा बस्ने गरी बिहीबार को वार्ता टुंगिएको थियो । शिक्षकहरुले राहत कोटाका शिक्षक, साबिक उच्च माध्यमिक शिक्षा परिषद् अन्तर्गतका अस्थायी तथा करार शिक्षक, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायतका विषयमा आपत्ति जनाएका छन् भने उनीहरु स्थानीय तहको मातहतमा पनि बस्न तयार छैनन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम