गैँडाकोट । नवलपुरमा विगत ३६ दिनमा ३० जनाको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणबाट नवलपुरमा अहिलेसम्म ६२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । बुधबार मात्रै नवलपुरमा ५ जनाको मृत्यु भएको छ ।
जिल्लामा सबै भन्दा बढी कावासोती नगरपालिकामा मृत्यु भएको छ । बैशाख १ गतेदेखि यताको तथ्यांकमा कावासोती नगरपालिकाको मृत्यु संख्या बढी रहेको छ । कावासोतीमा १२ जनाको मृत्यु भएको छ । गैँडाकोटमा ६ जनाको मृत्यु भएको छ । देवचुली र मध्यविन्दुमा ४÷४ जनाको मृत्यु भएको छ ।
विनयी त्रिवेणीमा ३ जनाको मृत्यु भएको छ । हुप्सेकोट, बुलिङटार र बौदिकालाीमा अहिलेसम्म कुनै मानविय क्षति भएको छैन । जिल्लामा हाल एक हजार एक सय १५ जना सक्रिय संक्रमित रहेका छन् । ७९३ जना कोरोना मुक्त भएका छन् ।