घाँटी रेटेर युवतीको हत्या, पति, सासू–ससूरासहित चार जना पक्राउ

विराटनगर, ५ जेठ । मोरङको रङ्गेली नगरपालिकामा महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । रङ्गेली नगरपालिका–३ तिलुवा चोकस्थित सुख्खा नहरमा २४ वर्षीया अनिता यादवको शव हत्या गरिएको अवस्थामा बुधबार बिहान फेला परेको हो ।

स्थानीउ बेचन यादवकी पत्नि अनिताको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारीलगत्तै खटिएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

मोरङ प्रहरीका एसपी सन्तोष खड्काका धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा अनिताको शव फेला परेको खड्काले जानकारी दिए ।

‘घटनाको प्रकृति हेर्दा घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिन्छ,’ एसपी खड्काले केटिएम दैनिकसँग भने, ‘यसबारे अनुसन्धान जारी छ । केही समयपछि पत्ता लाग्नेछ ।’ उनका अनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन ।

अनुसन्धान सुरु भएसँगै चार जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ पर्नेमा मृतककी पति बेचनसहित, सासू, ससूरा र देवर विनोद यादव रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 31 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *