वढादसैकाे अवसरमा दिग्दर्शन युवा क्लवद्वारा भलिवल तथा विविध कार्यक्रमकाे आयोजना

दिपक विश्वकर्मा, १८ असाेज : स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका वडा नं.२ स्थित दिग्दर्शन युवा क्लबले नेपालिहरुको महान पर्व बिजयदशमिको अबसरमा `दशै बिशेष वडा स्तरीय भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम ´ २०८० को तयारी थालेको छ।
यसअघिका वर्षहरूमा पनि प्रतियोगिता आयोजना गरि सफलतापुर्वक सम्पन्न गरिसकेको क्लबले यसवर्ष पनि दशैँको अवसर पारेर कार्यक्रमकाे आयोजना गर्न लागेको हो। ‘ युवाहरुनै समाज परिवर्तनका संवाहक हुन ` भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै आउँदो कात्तिक १ गतेदेखि ५ भलिबल प्रतियोगिता तथा विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको दिग्दर्शन युवा कल्बका अध्यक्ष घुमराज गुरुङले जानकारी दिए।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगिता अर्जुनचौपारि गाउँपालिका वडा न.२ लामडाडा होमस्टे स्थित क्लबको खेलमैदानमा हुनेछ। प्रतियोगितामा स्याङ्जा सहित पर्वत , पाल्पा , कास्कीलगायतका जिल्लाका उत्कृष्ट समूहले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा विजेता समूहले नगद १,००००० हजारसहित( ट्रफी, मेडल र प्रमाणपत्र) प्राप्त गर्नेछ। दितिय हुने समुहले ६०,००० हजारसहित( ट्रफी, मेडल र प्रमाणपत्र )र तितिय हुने समुहले ४०,००० (ट्रफि मेडम र प्रमाणपत्र तथा सान्त्वना हुने समुहले २०,००० (मेडम प्रमाणपत्र साथै खेलअवधिभर सर्वोत्कृष्ट खेलाडीले मेडम ट्रफी उत्कृष्ट डिफेन्सर खेलाडीले मेडम ट्रफि र प्रमाणपत्र उत्कृष्ट ब्लकर खेलाडीले मेडम,ट्रफि र प्रमाणपत्र उत्कृष्ट स्काइपर खेलाडीले मेडल ट्रफि र प्रमाणपत्र तथा उत्कृष्ट सेटरले मेडम,ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्।
स्थानीयस्तरमा युवाहरूलाई खेलकुदप्रति आकर्षित गराउँदै व्यावसायीक खेलाडी तयार गर्ने लक्ष्यसहित दिग्दर्शन युवा क्लबले धेरै बर्षहरुदेखि खेलकुदका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। गाउँको सानो मैदानबाट राष्ट्रियस्तरका खेल मैदानसम्म पुग्न सक्ने खेलाडी उत्पादनको लागि पनि प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।
खेलकुदकै माध्यमबाट पनि समग्र अर्जुनचौपारि गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सकिन्छ भन्ने उद्देश्यसहित खेलकुदलाई हरेक वर्ष निरन्तरता दिँदै आएको खेल संयोजक अनिल गुरुङले बताए । खेल उद्घाटनको दिन देखि समापनको दिन सम्म स्थानीय कलाकारहरूमार्फत विशेष सांस्कृतिक कार्यक्रम तथा खुल्ला घैटो फुटाउने प्रतियोगिता ,दुई समुहमा डोरि तान्ने प्रतियोगिता ,तथा भाले छोप्ने प्रतियोगिता समेत प्रस्तुत हुने अध्यक्ष घुमराज गुरुङले जानकारी दिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम