दलदलेमा आगलागी हुँदा ४० लाख बढिको क्षति

कावासोती । देवचुली -१३ दलदलेमा रहेको बाईक केयर पार्टसमा गएराती आगलागी हुँदा ४० लाख बढिको क्षती भएको छ ।

भुषणकुमार कुशवाहाले सन्चालन गर्दै आएको बाईक केयर पार्टसमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
रातीको समयमा लागेको आगो स्थानिय, प्रहरी र कावासोती नगरपालिकाको दमकलको सहायतामा नियन्त्रण लिईएको डिएसपी पौडेलले जानकारी दिए ।

आगलागीमा जलेर ४० लाख बढिका स्पेयर पार्टस, कम्प्युटर, ल्यापटप, फर्निचर लगायतका सामान पुर्णरुपमा नष्ट भएको पौडेलले बताए ।