स्तन क्यान्सर हुने कारण र उपचार

पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दो छ । स्तन क्यान्सर ठ्याक्कै के कारणले हुन्छ भन्न सकिंदैन । यसमध्ये पाँचदेखि १० प्रतिशत कारण वंशाणुगत पनि हो ।
नेपाल हेल्थ रिसर्च काउन्सिलले नेपालका सात जिल्लामा स्तन क्यान्सरसम्बन्धी अध्ययन गरेको थियो, जसमध्ये पाँच जिल्लामा स्तन क्यान्सर हुने महिलाको संख्या निकै देखियो ।
लक्षण:
पहिचान:
स्तन क्यान्सर हुँदा लक्षण निकै ढिलोगरी देखिन सक्छन् । त्यसैले स्तन क्यान्सरलाई समयमा नै पत्ता लगाउने हो भने लक्षणलाई कुरेर बस्नु हुँदैन । ४० वर्षमाथिका महिलाले वर्षमा एकचोटी मेमोग्राम गराउने गर्नुपर्छ । मेमोग्रामको सुविधा नभए अल्ट्रासाउण्ड गराएर हेर्नुपर्छ ।
२० वर्षमाथिका महिलाले हरेक वर्ष स्तन परीक्षण गराउनु उपयुक्त हुन्छ । यसरी जाँच गराउने गरे गिर्खा हुनुभन्दा अगाडि नै पत्ता लाग्छ र समयमै उपचार गराउन सकिन्छ ।
अन्तिम चरणमा रोग पत्ता लागेमा वा जटिल खालको क्यान्सर भएमा उपचार गर्दागर्दै बिरामीको मृत्यु पनि हुन सक्छ ।
उपचार:
नेपालका सबै क्यान्सर अस्पतालमा स्तन क्यान्सरको प्राथमिक उपचार हुन्छ । तर गम्भीर प्रकृतिको उपचार भने केही अस्पतालमा मात्र हुन्छ ।
पहिला स्तन क्यान्सर भएमा स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो भने अहिले नेपाल क्यान्सर अस्पताल लगायतका अस्पतालमा सकेसम्म स्तन जोगाएर उपचार गर्ने गरिन्छ । जसलाई मेडिकल भाषामा ब्रेस कन्जरर्भिड सर्जरी भनिन्छ । ४० देखि ५० प्रतिशत बिरामीको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरिन्छ । त्यसबाहेक स्तन क्यान्सरको उपचार गर्दा गिर्खा पनि निकाल्नुपर्ने हुन्छ । सेन्टिनल लिटनल बायोप्सी सानो औषधि दिएर गिर्खा निकाल्ने गरिन्छ । शरीरको अन्य भागमा पनि फैलिएको छ कि छैन भनेर जाँच गरिन्छ ।
तर स्तनमा एकभन्दा बढी गिर्खा आएमा भने स्तन काटेर फ्याँक्नुपर्ने हुन्छ । त्यस्तै इन्फ्लेमेटरी स्तन क्यान्सर (एक दुर्लभ र जटिल क्यान्सर) भएमा, रोग जटिल भएर छाला खाइसकेको छ भने पनि स्तन काटेर निकाल्नुपर्ने हुन्छ । यसरी स्तन काटेर निकाले पनि अहिले शरीरको अन्य भागबाट तन्तु ल्याएर काटेको ठाउँमा राख्न सकिन्छ ।
उपचारपछि बिरामी सामान्य जीवनमा फर्कन सक्छन्:
क्यान्सर भनेको जीवनको अन्त्य होइन यो एउटा नयाँ जीवनको सुरुवात हो । क्यान्सर भएर निको भएर गएका धेरै महिला सामान्य जीवन बिताइरहेका छन् ।
स्तन क्यान्सरको उपचारपछि पाँचदेखि १० प्रतिशत बिरामीमा पुन: बल्झिने सम्भावना हुन्छ । त्यसैले उपचार गरियो भनेर ढुक्क भएर बस्नुहुँदैन । क्यान्सरको उपचार भइसकेपछि दुई वर्षसम्म तीन-तीन महिना र त्यसपछिको दुई वर्षपछि ६–६ महिनाको अन्तरालमा स्तन जाँच गराइराख्नुपर्छ । यसबाट रोग पुन: बल्झिने सम्भावना छ कि छैन भनेर हेर्न सकिन्छ ।
उपचार खर्च कति लाग्छ ?
स्तन क्यान्सरको सामान्य जाँचको लागि धेरै खर्च लाग्दैन । यसमा सरकारले उपचार खर्च दिने गरेको छ । क्यान्सर टार्गेट (लक्षित) थेरापी गराउनुपरेमा भने उपचार खर्च बढ्छ ।
यसबाट क्यान्सर कोषिका कसरी बढ्छ, विभाजित हुन्छ र फैलिन्छ भनेर नियन्त्रण गर्ने प्रोटिन चलाउनुपरेमा र निको भएको क्यान्सर पुन: फर्केर आएको अवस्थामा खर्च बढी लाग्छ ।
(स्तन क्यान्सर एवं पेट तथा आन्द्रारोग विशेषज्ञ डा. अमात्यसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम