साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

२ कात्तिक, काठमाडौं । यू–१९ प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
बिहीबार साउदी अरेबियालाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित निकालेको छ ।
३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदीले नेपालको स्पिन अट्याक झेल्न सकेन ।
नेपालको लागि यूएसडी यूकेएम ओभलमा बिहीबार पनि स्पिनरको जादु चल्यो । नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए । अर्का स्पिनर सुवास भण्डारीले ५ ओभर बलिङ गरेर एक विकेट लिए ।
पावरप्लेमा साउदी अरेबियाले ६ विकेट गुमाउँदा जम्मा १८ रन बनाएको थियो । पावरप्लेमा अब्दुल्लाह सिराजले सर्वाधिक ९ रन जोडे । १० औं नम्बरमा आएका ब्याटर वरुण मुदलियाले बनाएको ११ रन नै साउदीका खेलाडीले जोडेको सर्वाधिक स्कोर रह्यो । उनी २० औं ओभरको पहिलो बलमा दिपेशको बलमा आकाश त्रिपाठीबाट क्याच आउट भएका थिए ।
नेपालका तीव्र गतिका बलर आकाश चन्दले ३ ओभर बलिङ गर्दा १४ रन खर्चेर २ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमालको शतकमा ३४७ रन बनाएको थियो ।
ओपनर ब्याटर अर्जुन कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाए । उनले एक खेलमा सार्वधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।
अर्जुनले दीपक बोहरासँग पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि आकाश त्रिपाठीसँग १५५ रनको साझेदारी गरे । कप्तान देव खनाल भने डक आउट हुन पुगे । दीपक बोहरा २९ रन र विशालबिक्रम केसी २४ रनमा अविजित रहे ।
साउदी अरेबियाका मोहम्मद अहमद र अहमद राजाले दुई/दुई विकेट लिए । जुहैर मोहम्मद सजिव मुजिबुर रहमानले एक/एक विकेट लिए ।
समूह चरणको पहिलो खेलमा नेपालले इरानलाई २७४ रनले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम