कावासोतिको गणपती चलचित्र हल नयाँ ब्यवस्थापन सहित संचालनमा आउदै ।

कावासोती । लामो समय देखि चलचित्र हेर्न नारायणघाट धाउने गरेका नवलपुर बासीले कावासोतीमै चलचित्र को ठूलो पर्दा मार्फत स्वाद लिन पाउने भएका छ्न ।
नवलपुर क्षेत्रकै सबै भन्दा पुरानो चलचित्र घर गणपति चलचित्र मन्दिरले नयाँ व्यवस्थापन सहित कावासोती सिनेम्याक्स सन्चालनमा ल्याउने भए पछि चलचित्रका पारखीको लागि अब चलचित्र हेर्नैका लागि नारायणघाट बजार पुग्न नपर्ने भएको हो।
नेपाली चलचित्रका महानायक राजेश हमालको पहिलो चलचित्र युगदेखी युग सम्म प्रदर्शन गरेर वि.स २०४८ देखि सुरु भएको गणपति चलचित्र मन्दिरले नयाँ स्वरुप, उच्च प्रविधी र नयाँ व्यवस्थापन सहित यहि तिहार अगाडिबाट कावासोती सिनेम्याक्स सन्चालन गर्न लागेको सन्चालक भरत मल्लले बताए ।
तिहारको अवसर पारेर सुरु गर्न लागिएको सिनेमा घरमा रिलिज भएकै दिन नेपाली तथा हिन्दी चलचित्र हेर्न पाईने बताउदै सन्चालक मल्लले सिनेमा घर सन्चालनको अन्तिम तयारीमा रहेको बताए ।
पुरानो सिनेमा घरलाई लगभग चार करोडको लगानीमा नयाँ रुप दिएर नयाँ व्यवस्थापन सहित सन्चालन गर्न लागिएको जानकारी दिदै मल्लले दर्शकलाई क्युएफेक्स सरहको सुविधा दिने बताए । उनका अनुसार दैनिक ३ शो सन्चालन हुने सिनेमा घरमा सुविधा जनक, सिट, आवश्यकता अनुसार एयर कन्डिसन र हिटरको व्यवस्था, कफि तथा बेकरी स्टेसन र पर्याप्त पार्किङ रहनेछ्न । २ सय २६ सिट, प्रती क्याविन २३० सिट भएको २ वटा विषेश क्याविन क्षमता रहेको सिनेमा घरमा चलचित्र हेर्नका लागि अनलाइनबाट समेत टिकट काटन सकिने व्यवस्था गरिने उनले बताए ।
२०४८ सालमा स्थापना गरिएको गणपति चलचित्र मन्दिर केही वर्ष चले पछि बन्द भएको थियो । ६२/६३ को आन्दोलन पछि पनि केही समय चलेको सिनेमा हल कोरोना महामारी पछि पुर्ण रुपमा बन्द भएको थियो ।
गणपति चलचित्र मन्दिरका संस्थापक संविधान सभा सदस्य समेत रहेका जीवन श्रेष्ठले सुरु उच्च प्रविधिको प्रयोग गरेर सिनेमा घरको सन्चालन हुन लागेकाले चलचित्र पारखीका लागि खुसीको खबर भएको बताए ।
गाउँघरमा टेलिभिजन समेत फाट्टफुट्ट भएको बेला सिनेमा घर सुरु गरेको सम्झदै श्रेष्ठले भने, ‘त्यो बेलाको समाजमा आलोचना सँगै आफुहरुले दर्शकहरुको अथाहा माया पाएका थियौँ, अब उच्च प्रविधी सहित सन्चालन हुन लागेको सिनेमा घरले कावासोतीमा सिनेमाको बजार फेरि फर्काउने छ ।’
नवलपुरको रजहर, चोरमारा, गैंडाकोट र कावासोतीमा सिनेमा हल भए पनि लामो समय देखि बन्द रहेकाले पश्चिम दुम्किबास देखि गैंडाकोट सम्मका नवलपुरका चलचित्र पारखीहरु सिनेमा हेर्नैका लागि नारायणघाट पुग्ने गरेको मा अब कावासोतीमै उच्च प्रविधिमा नयाँ चलचित्र त्यो पनि रिलिज भएकै दिन हेर्न पाईने कुराले चलचित्र पारखिहरुमा समेत खुसी छाएको छ ।

शनिबार, मंसिर १६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम